Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा ८ हजार ४६ मा कोरोना संक्रमण पुष्टि, ५ हजार ४५५ जना निको

पछिल्लो २४ घण्टामा ८ हजार ४६ मा कोरोना संक्रमण पुष्टि, ५ हजार ४५५ जना निको

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १, २०७८ शनिवार • २३:१०:३२ बजे
  • 811
    SHARES
  • पछिल्लो २४ घण्टामा ८ हजार ४६ मा कोरोना संक्रमण पुष्टि, ५ हजार ४५५ जना निको

    पोखरा - पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ हजार ४५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १७ हजार ९७१ पीसीआर परीक्षणमा ८ हजार ४६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जना गरी निको हुनेको संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ ।

    एन्टिजेन विधिबाट ५७७ परीक्षणमा १२१ जनामा पोजिटिभ देखिएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७४० पुगेको छ । क्वारेन्टाइनमा ६७५ जना छन् । पीसीआर परीक्षण भने २७ लाख ५१ हजार ४८१ पुगेको छ । मृतकको संख्या ४ हजार ८५६ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण पुष्टि
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology