Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अमेरिकापछि दोस्रो देश बन्यो मंगलग्रहमा सफलतापूर्वक यान अवतरण गर्ने चीन

अमेरिकापछि दोस्रो देश बन्यो मंगलग्रहमा सफलतापूर्वक यान अवतरण गर्ने चीन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १, २०७८ शनिवार • २३:२३:४५ बजे
  • 1.4K
    SHARES
  • अमेरिकापछि दोस्रो देश बन्यो मंगलग्रहमा सफलतापूर्वक यान अवतरण गर्ने  चीन

    एजेन्सी - चिनियाँ अन्तरिक्ष यान सफलतापूर्वक मंगलग्रहमा अवतरण गरेको छ । चुर्रोङ नामक ६ पाङग्रे यस यानले मंगलग्रहको उत्तरी ध्रुवस्थित उतोपि प्लनिति मा अवतरण गर्ने लक्ष्य राखेको थियो ।

    images

    मंगलग्रहमा सफलतापूर्वक यान अवतरण गराउने चीन दोस्रो देश हो । यसअघि अमेरिकाले मात्रै यस्तो उपलब्धि हासिल गरेको थियो । मंगलग्रहमा जान खोजेका अन्य सबै देशहरुको यान या त ध्वस्त भएको थियो वा त्यसको सतहमा पुग्ने बित्तिकै सम्पर्कविहीन बनेको थियो ।

    चिनियाँ राष्ट्रपति सि जिनपिङले मंगलग्रहको मिसनमा रहेको टिमलाई उनीहरुको अद्भूत उपलब्धिका लागि विशेष सन्देश पठाएर बधाई दिएका छन् । अमेरिकी स्पेस एजेन्सी नासाका विज्ञान प्रमुख थोमस जुर्बुचेनले पनि बधाई सन्देश पठाएका छन् ।

    त्यस्तै रुसी स्पेस एजेन्सी रोस्कसमसका प्रमुखले यो सफलताले चीन रुसको भविष्यको सहकार्य राम्रो हुनेछ भन्ने संकेत गरेको प्रतिक्रिया दिए ।

    बेइजिङको स्थानीय समयअनुसार शनिबार बिहान ७ बजे यो यान अन्तरिक्षमा अवतरण गरेका हो, यसले आफ्नो सोलार प्यानललाई अनफोल्ड गर्न र त्यसपछि पृथ्वीमा सिग्नल पठाउन थप १७ मिनेट लागेको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology