Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना अपडेट

कोरोना अपडेट: ६,६४८ जनाले कोरोना जिते ७,३६८ जनामा पुष्टि १४५ जनाको मृत्यु

कोरोना अपडेट: ६,६४८ जनाले कोरोना जिते ७,३६८ जनामा पुष्टि १४५ जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २, २०७८ आइतवार • १७:१९:११ बजे
  • 1.2K
    SHARES
  • कोरोना अपडेट: ६,६४८ जनाले कोरोना जिते ७,३६८ जनामा पुष्टि १४५ जनाको मृत्यु

    पोखरा । पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ४८ जनाले कोरोना जितेर घर फर्किएका छन । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पछिल्लो २४ घण्टामा थप ७ हजार ३ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतवारको नियमित प्रेस ब्रिफिङमा नेपालमा थप १ सय ४५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी दिए ।

    images

    हाल नेपालमा १ लाख १० हजार २ सय ६३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ७ हजार ८ सय ८ जना संस्थागत आइसोलेसन र १ लाख २ हजार ४ सय ५५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।त्यस्तै हाल नेपालमा जम्मा ७ सय १ जना क्वारेन्टाइनमा रहेका छन् ।

    यो पनि : धेरै समयसम्म काम गर्ने अनि कम सुत्ने गर्नाले मानिसको शरीरमा गम्भीर असर पर्ने

    धेरै समयसम्म काम गर्ने अनि कम सुत्ने गर्नाले मानिसको शरीरमा गम्भीर असर पर्ने स्वास्थ्य विशेषज्ञहरु बताउँछन् । जो व्यक्ति ८ घण्टाभन्दा बढी लगातार काम गर्ने गर्छन् तिनीहरुका लागि निन्द्रा पनि उत्तिकै जरुरी हुन्छ । जर्मनीको विश्वविद्यालय युनिभर्सिटी अफ बनमा गरिएको एक अध्ययनका मुख्य लेखक ड्यानियल कुएटिन्गका अनुसार लामो समयसम्म काम गर्नेहरुलाई मुटुका धमनीहरु खुम्चिने, उच्च रक्तचाप, मुटुको धड्कन अस्वभाविक रुपमा बढ्ने जस्ता समस्या देखिन्छ । यसैगरी, केही अनुसन्धानहरुले कम निन्द्राले स्तन क्यान्सरको पनि सम्भावना बढ्ने बताएका छन् । यसका साथै, कोशिकाहरुमा पनि नोक्शान पुग्छ । भरपुर निन्द्राले मस्तिष्कलाई आराम दिलाउँछ । जति निदाइन्छ उति नै मस्तिष्कले नयाँ उर्जा प्राप्त गर्ने गर्छ । तर निन्द्रा नपुगेमा मस्तिष्क ताजा हुन पाउँदैन । जसले गर्दा थुप्रै प्रकारका मानसिक समस्या समेत पैदा हुन्छ ।

    कम निन्द्राले हड्डीहरु कमजोर हुन सुरु गर्छ । कम सुताईले हड्डीहरुमा मिनरल्सको सन्तुलन गडबढ हुन गई जोर्नीहरु दुख्ने समस्या आउँछ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology