Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

फुटबल खेलाडी र अफिसियललाई जिल्ला फुटबल सङ्घ बागलुङको राहत

फुटबल खेलाडी र अफिसियललाई जिल्ला फुटबल सङ्घ बागलुङको राहत

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ८, २०७७ बिहिवार • १२:३७:३२ बजे
  • 1.7K
    SHARES
  • फुटबल खेलाडी र अफिसियललाई जिल्ला फुटबल सङ्घ बागलुङको  राहत
    बागलुङ - कोरोनाका कारण प्रतियोगिता गुमेपछि आर्थिक समस्यामा परेका फुटबल खेलाडीलाई राहत रकम बाँडिएको छ । अखिल नेपाल फुटबल सङ्घको सहयोगमा जिल्ला फुटबल सङ्घ बागलुङले १५ व्यावसायिक खेलाडी र चार जना अफिसियललाई रु चार हजारका दरले बुधबार राहत प्रदान गरेको हो ।

    राहत रकम वितरण गर्दै गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले खेलकूद क्षेत्र समृद्धि र प्रगतिको आधार भएको बताए। उनले सङ्कटका बेला खेलाडीलाई सघाएकामा फुटबल सङ्घको प्रशंसा गरे ।

    जिल्ला लिगसहित ए, बी र सी डिभिजन लिग खेलेका खेलाडीलाई मात्र राहत दिइएको सङ्घका जिल्ला अध्यक्ष रामराज गुरुङले बताए । खेलाडी र अफिसियलाई गरी रु ७६ हजार राहतमा खर्च भएको उनको भनाइ छ । राहत रकमको चेक बुझेपछि खेलाडीले खुशी व्यक्त गरेका थिए ।

    तस्विर नयाँ विश्वबाट

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology