Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

२४ घण्टामा १४७ नयाँ संक्रमित,१ सय ५६ जना कोरोना जितेर घर फर्किए

२४ घण्टामा १४७ नयाँ संक्रमित,१ सय ५६ जना कोरोना जितेर घर फर्किए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ८, २०७७ बिहिवार • १७:४३:४३ बजे
  • 1.7K
    SHARES
  • २४ घण्टामा १४७ नयाँ संक्रमित,१ सय ५६ जना कोरोना जितेर घर फर्किए
    नेपालमा पछिल्लो २४ घण्टामा १ सय ४७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत आज गरिएको ३ हजार ४ सय ८१ वटा नमुना परिक्षण गरिएको जनाएको छ ।
    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका १ सय ४७ जनासहित देशैभर संक्रमितको संख्या १८ हजार २ सय ४१ जना पुगेको जानकारी दिए । पछिल्लो २४ घण्टामा १ सय ५६ जना कोरोना जितेर घर फर्किएका छन् । यस्तै देशभर क्वारेन्टिनमा २० हजार ९८ जना रहेका छन् ।
    संक्रमितमध्ये १२ हजार ८ सय ४० जना उपचारपछि घर फर्किएका छन् भने ४३ जनाको ज्यान गएको छ । अहिले देशभरमा एक्टिभ केस ५ हजार ३ सय ५८ रहेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology