Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

राष्ट्रिय आविष्कार केन्द्रलाई अभिनेता नाजिर हुसेनको एक लाख सहयोग

राष्ट्रिय आविष्कार केन्द्रलाई अभिनेता नाजिर हुसेनको एक लाख सहयोग

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ४, २०७८ मंगलवार • १९:२६:३१ बजे
  • 1.5K
    SHARES
  • राष्ट्रिय आविष्कार केन्द्रलाई अभिनेता नाजिर हुसेनको एक लाख सहयोग

    पोखरा - अभिनेता नाजिर हुसेनले राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख रुपैयाँ सहयोग गरेका छन् । महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रले कोरोना संक्रमितका लागि अक्सिजन सहयोग गरिरहेकाले नाजिरले उक्त संस्थालाई एक लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

    images

    हामी सवैले आफूहरुले सकेको सहयोग गर्ने हो । मैले मेरोतर्फबाट गरेको यो सानो सहयोगले कसैको जीवन बचाउन मद्दत मिल्छ भन्ने मैले अपेक्षा गरेको छु ,उनले भने, हामीले आफ्नै आँखाले हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरुले ज्यान गुमाइरहेको देखेका छौं । हामी आफैं गएर अफ्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्न सक्दैनौं, त्यसैले मैले मेरोतर्फबाट जसरी सक्थेँ र जति सक्थेँ त्यो सहयोग गरेको हुँ । हामी सबैले आफ्नोतर्फबाट सानो सहयोग गर्यौं भने पनि धेरैले गर्दा ठूलो सहयोग जुट्न सक्छ ।

    आफूले गरेको सहयोगबाट एकजनाको मात्रै ज्यान बच्यो अथवा एउटा मात्रै अक्सिजन सिलिन्डर किन्न पुगे पनि आफूलाई त्यसले खुसी दिने उनी बताउँछन् । स्वास्थ्यकर्मी तथा अन्य व्यक्ति तथा संस्थाहरुले गरेको सहयोग उच्च प्रशंसनीय रहेको भन्दै उनले सकेको सहयोग गर्नुपर्नेमा जोड दिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology