Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अक्सिजन संकलनका लागि जुट्यो राप्ति

अक्सिजन संकलनका लागि जुट्यो राप्ति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ५, २०७८ बुधवार • ०९:२१:५९ बजे
  • 1.6K
    SHARES
  • अक्सिजन संकलनका लागि जुट्यो राप्ति

    नेकपा माओवादी केन्द्र निकट राष्ट्रिय उधोग ब्यापार संगठन राप्ती गाउपालिका र YCL  नेपाल राप्ती गाउपालिका को संयुक्त पहलमा आज कोरोना बिशेष अस्थायी अस्पताल सिसहनिया मा १७ थान अक्सिजन सिलिन्डर र ५ थान ओक्समिटरहरु आइसुलेसन का ब्यबस्थापक निम बहादुर राउत लाई हस्तान्तरण गरियो ।उक्त हस्तान्तरण कार्यक्रममा अभियान्ता तथा समाजसेवी गन्ज बहादुर बिष्ट , स्वास्थ्यकर्मी तथा समाजसेवी प्रकाश बिष्ट , तपराज आचार्य , माधब भुसाल , तुला गिरि , जगत खनाल लगायत को उपस्थिति रहेको थियो ।

    images

    R2.jpg
    उक्त अक्सिजन सिलिन्डर र अक्सिजन ग्यास संकलनका लागि बिभिन्न ठाउँमा कुद्नु परेको यस अभियानका अभियान्ता गन्ज बहादुर बिष्टले जानकारी गराउनु भयो । कोरोना बिशेश अस्थायी अस्पताल सिसहनियाका कर्मचारीहरुले अब यति अक्सिजन भए केहि दिन ढुक्क संग बिरामि बचाउन सक्छौं भन्दै प्रशन्न भएका थिए।यस अभियानका लागि आर्थिक सहयोग संकलन गर्ने हरुको नामावली तपशिल बमोजिम रहेको छ।
    १- ईन्द्रजित थारु( लुम्बिनि प्रदेश सभासद)-रु• १०,०००/-
    २-गन्ज बहादुर बिस्ट - रु• ५०००/-
    ३- शंकर गौतम ( दुग्ध उत्पादन)- रु ५०००/-
    ४- प्रकाश बिस्ट - रु• ४५००/-
    ५- झग्गु प्रशाद अधिकारी-रु• ३५००/-
    ६- बिर्ख बहादुर महरा-रु• ३५००/-
    ७- अनुप चौधरी -रु• ३५००/-
    ८- केशव सुनार- रु• ३५००/-
    ९- मिठ्ठुलाल चौधरी -रु•३५००/-
    १०- माधव भुसाल- रु• २०००/-
    ११- तुला गिरी- रु• -२०००/-
    १२-तपराज आचार्य-रु• २०००/-
    १३- कृश्ण सुबेदी- रु•२०००/-
    १४- जगत खनाल-रु•१०००/-
    १५-माधव बेल्बासे-रु• १०००/-

    अक्सिजनका खालि सिलिन्डर दिएर सहयोग गर्ने सहयोगि मनहरुको नामावलि यस प्रकार रहेको छ।
    १-अटो ग्यारेज पाखापानी - ४ थान
    २- पबित्रा बोडि ब्युड्रस- ३ थान
    ३-दक्षिणकालि क्रसर उद्योग - २ थान
    ४-के बि जि क्रसर उद्योग - १ थान
    ५-राप्ति क्रसर उद्योग -१ थान
    ६-जनप्रीय बालुवा प्रशोधन उद्योग - १ थान
    ७-राप्ति हार्डवयर - १ थान
    ८-नाजिर यस अटो पार्ट्स-१ थान
    ९- स्वर्गद्वारी क्रसर उद्योग -१ थान

    यस अभियानमा निरन्तर जोडिने अभियान्ताहरुलाइ स्वागत गरीने छ र यस अभियानमा जुट्नुहुने सम्पुर्ण कमरेडहरुमा यस अभियानताका संयोजक गन्ज बहादुर बिस्टले धन्यवाद ज्ञापन गर्नु भएको छ भने यस सिसहनिया  आइसोलेसनमा अक्सिजन ग्यांसको कमि हुन नदिने पनि बताउनु भएको  छ।

  • सम्बन्धित विषय:

  • # अक्सिजन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology