Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

हत्या

श्रीमतीको हत्या गरी जेल परेका पूर्वडिआइजी कोइराला साढे ८ वर्षमै थुनामुक्त, रिसिभ गर्न पुगिन् प्रेमिका

श्रीमतीको हत्या गरी जेल परेका पूर्वडिआइजी कोइराला साढे ८ वर्षमै थुनामुक्त, रिसिभ गर्न पुगिन् प्रेमिका

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ८, २०७७ बिहिवार • १८:१४:४५ बजे
  • 1.9K
    SHARES
  • श्रीमतीको हत्या गरी जेल परेका पूर्वडिआइजी कोइराला साढे ८ वर्षमै थुनामुक्त, रिसिभ गर्न पुगिन् प्रेमिका

     श्रीमती गीता ढकालको हत्या गरेपछि जेल परेका सशस्त्र प्रहरी बलका पूर्वडीआइजी रञ्जन कोइराला थुनामुक्त भएकाछन्।

    images

    ०६८ माघ ८ मा पक्राऊ परेका कोइराला साढे ८ वर्षपछि बिहीबार डिल्लीबजार कारागारबाट थुनामुक्त भएका हुन्।

    हत्या मुद्दामा जिल्ला र पुनरावेदन अदालतले गरेको जन्मकैदको फैसलालाई यहीँ असार १५ गते सर्वोच्च अदालतले घटाएर ८ बर्ष ६महिनामा झारिदिएको छ। सर्वोच्चले जिल्ला र पुनरावेदन अदालतले गरेको फैसलाको सजाय घटाइदिएपछि रञ्जन ११ बर्ष कैद छूटपाएर थुनामुक्त भएका हुन्।

    कोइरालाले साढे ८ वर्षअघि श्रीमती गीता ढकाललाई मारेर प्लास्टिकमा पोको पारी मकवानपुरको टिष्टुङ जंगलमा पुर्‍याई पेट्रोल छर्केरजलाएका थिए।

    ‘गीताले नै रिस उठाएका कारण मारेको’ भन्दै सर्वोच्चले उनलाई जिल्ला र पुनरावेदन अदालतले गरेको सर्वस्वसहितको जन्मकैद सजायघटाइदिएको हो।

    श्रीमती मारेका कोइरालालाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले ‘सर्वस्वसहित जन्मकैदचर्को हुने’, ‘नाबालक छोराहरुको हेरचाह, संरक्षण र शिक्षादिक्षामा प्रभाव पर्ने देखिएको’ जस्ता कारण देखाउँदै कैद सजाय घटाएकोथियो।

    जिल्ला र पुनरावेदन अदालतले कोइरालालाई दोषी ठहर गरेको फैसला मिले पनि सर्वस्वसहित जन्मकैदको सजाय नमिलेको सर्वोच्चकोतर्क छ।

    काठमाडौँ जिल्ला अदालतले ०७१ वैशाख ७ मा सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। सो फैसला तत्कालीन पुनरावेदनअदालत पाटनले ०७२ मंसिर २३ मा सदर गरेको थियो।

    थुनामुक्त रञ्जनलाई रिसिभ गर्न पुगिन् प्रेमिका

    यसैबीच थुनामुक्त रञ्जन कोइरालालाई रिसिभ गर्न प्रेमिका तारा रेग्मी डिल्लीबजार कारागार पुगेकी थिइन्। बा १८ च ५४१७ नम्बरकोकार चलाएर रञ्जनलाई लिन कारागार पुगेकी ताराले आफूहरुको विवाह भइसकेको बताइन्।

    अदालतले नाबालक छोराहरुको अभिभावकत्वका लागि भनेर जेल सजाय मिनाहा गरे पनि थुनामुक्त बालाई रिसिभ गर्न छोराहरुकारागार गएनन्। रञ्जन र गीता ढकालका दुई छोराहरु रहेका छन्। अदालतले नाबालक भनेका छोराहरु एउटा २२ र अर्को १७ वर्षपुगिसकेका छ

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology