Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोनाबाट मृत्यु हुने परिवारलाई रु १० हजार ,सङ्क्रमित भई उपचाररत परिवारलाई रु पाँच हजार

कोरोनाबाट मृत्यु हुने परिवारलाई रु १० हजार ,सङ्क्रमित भई उपचाररत परिवारलाई रु पाँच हजार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ८, २०७८ शनिवार • १२:०९:२७ बजे
  • 859
    SHARES
  • कोरोनाबाट मृत्यु हुने परिवारलाई रु १० हजार ,सङ्क्रमित भई उपचाररत परिवारलाई रु पाँच हजार

    तनहुँ - तनहुँको व्यास नगरपालिकाले कोरोनाबाट मृत्यु हुने विपन्न परिवारलाई रु १० हजार उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार बसेको कार्यपालिका बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु हुने विपन्न परिवारलाई शवबाहन र काजकिरीया खर्चवापत जनही रु १० हजार उपलब्ध गराउने निर्णय गरेको हो ।

    images

    सम्बन्धित वडाको सिफारिशमा मृत्यु भएकाको परिवारलाई राहत दिने निर्णय भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। त्यस्तै कोभिड–१९ सङ्क्रमित भई उपचाररत विपन्न एवं मजदुर परिवारलाई रु पाँच हजार उपचार एवं सुविधा उपलब्ध गराउने निर्णय भएको श्रेष्ठले बताए।

    नगरपालिकामा हालसम्म ६१६ जनाको पिसिआर परीक्षण गरिएकामा ४३३ जनाको प्रतिवेदन आउँदा २९१ सङ्क्रमित भएका छन् । त्यसमध्ये १० जनाको मृत्यु भएको छ । त्यस्तै ५९ सङ्क्रमणमुक्त भएका छन् । दुई सय २२ जनाको सामुदायिक आइसोलेशन, दमौली अस्पताल, जिपी कोइराला श्वासप्रश्वास अस्पताल र होमआइसोलेशनमा उपचार भइरहेको छ । साथै १८३ जनाको रिपोर्ट आउन बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

    सबै पालिकाहरुको सहभगितामा गत वर्षको प्रतिबद्धताअनुसार व्यास–१० दुम्सीबजारस्थित आधारभूत स्वास्थ्य केन्द्र रहेको भवनमा पिसिआर परीक्षण प्रयोगशाला निर्माण गर्न भएको निर्णय बैठकले अनुमोदन गरेको छ । उक्त भवनमा खरिद ऐनअनुसार खरिद एवं निर्माण प्रक्रिया अघि बढाउन कार्यालयलाई निर्देशन दिने निर्णय भएको छ ।

    आगामी वार्षिक कार्यक्रममा नगरपालिकाको नगर अस्पताल स्थापना गर्न र आफ्नै अक्सिजन प्लान्ट निर्माण गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सहकार्यका लागि आह्वान गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

    कर्मचारीलाई प्रोत्साहन भत्ता

    नगरपालिकाले कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार कार्यमा खटिने कर्मचारीलाई कार्य प्रकृति र त्यसको जोखिमलाई मध्यनजर गरी भत्ता उपलब्ध गराउने भएको छ । शुरु तलब स्केलमा २५ देखि १०० प्रतिशतसम्म जोखिम भत्ता उपलब्ध गराउने निर्णय भएको छ । नगरपालिकाले विपद्जन्य प्रतिकार्य योजना तयार पार्ने र गत वर्ष बाढीपहिराले घर भत्किएका ७७ घरपरिवारलाई राहत दिने सम्बन्धमा सङ्घीय सरकारको निर्देशिकाबमोजिम तत्काल सहयोग उपलब्ध गराउने प्रक्रियाबारेमा सम्बन्धित निकायमा समन्वय गरी अगाडि बढाउने निर्णय भएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology