पोखरा । पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार देशभरबाट ८ हजार ८४८ जना निको भएका हुन् । यो सँगै नेपालमा निको हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ ।
यस्तै पीसीआर विधिबाट गरिएको १९ हजार ३५७ परीक्षणमा २४ घण्टामा ८ हजार ५९१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । एन्टिजेन विधिबाट गरिएको ७४८ परीक्षणमा ३८९ जनामा पोजिटिभ देखिएको छ । हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ५६ हजार ६४३ पुगेको छ । सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८०६ पुगेको छ भने क्वारेन्टाइनमा ८६६ जना रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म पीसीआर परीक्षण २८ लाख ९७ हजार ५०३ भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
कोरोना भाइरस संक्रमणबाट नेपालमा थप १२९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाको अपडेट सार्वजनिक गर्ने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा गरी १२९ जनाको मृत्यु भएको जनाएको हो ।
हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार १५३ पुगेको छ ।