पोखरा । पोखराका विभिन्न अस्पतालमा उपचाररत १३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन । जसमा कास्की पोखराका मात्र ९ जना रहेका छन ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकी प्रदेश भरी १९ जनाले ज्यान गुमाएका छन । मृतकहरु कास्कीका नौ जना, तनहुँका दुई जना, गोरखाका एक जना, लमजुङका एक जना, नवलपुरका एक जना, स्याङ्गजाका दुई जना, पर्वतका एक जना, बाग्लुङका एक जना र मुस्ताङ जिल्लाका एक जना छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५७० पुगेको निर्देशनालयले जनाएको छ।
यसै गरी पछिल्लो २४ घण्टामा गण्डकीका ३ हजार ३६८ जनामा गरिएको नमुना परीक्षणमा थप १५४९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो। आज पुष्टि भएका संक्रमित कास्कीका ४४० जना, तनहुँका ६२ जना, गोरखाका २२३ जना, लमजुङका २३९ जना, नवलपुरका १५६ जनार स्याङ्गजाका २४० जना छन्। यस्तै, पर्वतका ९२ जना, बाग्लुङका दुई जना, म्याग्दीका ५१ जना र मुस्ताङ जिल्लाका ४४ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३६ हजार ८७५ पुगेको छ। पछिल्लो २४ घण्टामा गण्डकीबाट १२७७ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २५ हजार ६९७ पुगेको छ।


