Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु

तनहुँमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १२, २०७८ बुधवार • २३:१७:५८ बजे
  • 6.3K
    SHARES
  • तनहुँमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु

    तनहुँमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. १२ धामिकुनाका २५ वर्षका राजु पौडेल रहेका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले दिएको जानकारी अनुसार पौडेल ग१त ६८१८ नम्बरको ट्याक्टरबाट खसेर घाइते भएका थिए ।

    images

    धामिकुनास्थित लिलाचोकदेखि धामिकुनातर्फ जानेक्रममा ट्याक्टरको पछाडि बसेका उनी खसेर गम्भीर घाइते भएका थिए । उनको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # युवकको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology