नेपालको राजनितिक घटनाक्रम देख्दा उदेक लागेर आउछ । राजनिति भने नितिको पनि नेतृत्व भन्ने हेक्का नभएर हो कि समाजिक सेवा होइन पेशा व्यवसाय हो भन्ने हेतुले यस्तो विकाराल दुर्घटना हुन्छन । नेता प्रधान कि निति प्रधान भन्दा नेपालको राजनितिक दलमा निति भन्दा नेता नै प्रधान भएका कारणले नै पार्टी अधीनस्थ भएका हुन । यसैको पछिल्लो उदाहरणको रूपमा प्रस्तुत भएको हो नेकपा बिघटन!!
स्थायी सरकार सुखी नेपाली समृद्र नेपालको सपना लिएर नाना छाना अन्न र शिक्षा स्वास्थ्य पूर्वाधार कृषि उर्जा खनिज सबै क्षेत्रको बिकाश र समृद्रको जुन लक्ष्य तय गरी पार्टी एकता भएको थियो । तर त्यो दल एकता भनेको देश जनता र राष्ट्रको निम्ति हो भनेर एकता भएको थियो। तर दुर्भाग्य भनुपर्छ त्यो एकता सबै व्यक्तिगत स्वार्थको लागी रहेछ भन्ने कुरा पछिल्लो घटनाक्रमले साबित गरेको छ । पूर्व नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच भएको एकताले पार्टी भित्रका कार्यकर्ता मात्रै होइन सिङगो नेपाली समाज खुशी थियो किन कि दुर्इ राजनितिक दल एकताले स्थाइ सरकार र समृद्रीको नेपाली चाहाना पूरा गर्ने छ । तर यो एकता भनेको खरे खोला जस्तै भएर पार्टी पूर्ण एकीकरण नभइ बिर्सजनमा परिणत भयो । बिशेष गरी व्यक्तिगत लाभ हानी र मान समान र एक अर्का बिचको शक्ति संर्घषमा नै एकता भङ्ग भयो । एकताका मूख्य सूत्रधार र हस्ताक्षरकर्ता प्रचण्ड र खडग नै थिए । तर त्यो एकता गर्दा मैाखिक होइन लिखित भएका थिए उक्त लिखित पत्रको साक्षीका रूपमा एमालेबाट बिष्णु र माओवादी बाट जनार्दन थिए । उक्त सहमति पत्रलाइ लत्याउदै एकताको भाडाभैलो मच्चाउनेका रूपमा खडग प्रशाद सवित भए । खडग प्रशादको मूख्य चाहाना र इच्छा भनेको नै कसरी हुन्छ प्रचण्ड पडकाउने र प्रधानमन्त्री पद अडकाउने नै मूलभूत ध्ये रहेछ । किन भने सहमतिको पत्रलाइ खाडलमा हाल्ने काम किर्ते प्रशाद नै सवित भए बोलि एक व्यवहार अनेक!!! पाँच बर्षे प्रमको कार्यकाल र दलको अध्यक्ष पनि सर्व सहमितिमा दिदा पनि एकतालाइ जोगाउन भन्दा पनि भङ्ग गर्न उद्धत भए किर्ते प्रशाद यस अर्थमा बुझ्न सकिन्छ एकता व्यक्तिगत लाभ र स्वेच्छचारी अहंम दम्भ हुनको लागी मात्रै रहेछ ।
मूखमा राम राम पेटमा हराम जपेर बसेपछि न बा रहे न बाले समाउने रहयो?? निजि स्वार्थ र प्रमको पद जोगाउनको लागी अन्तिम अस्त्रको रूपमा प्रतिनिधि सभा बिघटन भयो पुस पाँच २०७७ त्यहि बाट कलहको बिउ रोपियो त्यसपछि अग्रगमन र प्रतिगमन बिचको लडाइ एक पक्ष सत्तामा अर्को पक्ष सडकमा बिकारल अबस्था देखियो जुन अपेक्षा जनताले र कार्यकर्ताले सपनामा समेत देखेका थिएनन । अन्तत्वगत्व प्रतिनिधि सभा सर्वोच्च अदालतबाट गत फागुन एघार २०७७ पूनस्थापित भयो । उक्त पूनस्थापित प्रतिनिधि सभालाइ फेरी जेठ सात २०७८ मा बिघटन गरीयो । अहिलेको देशको आवश्यकता भनेको मध्यवधि चुनाव हो कि नेपाली नागरिकलाइ कोभिडको महामारीबाट बचाउनु पर्ने हो ? जनता अक्सिजन भेन्टिलेटर बेड र उपचार नपाएर दैनिक मूत्युबरण गरिराखेका छन । अहिलेको आवश्यकता भनेको नागरिककलाइ बचाउने हो कि चुनाव गराउने हो यति पनि हेक्का नभएको निर्मम शासक भएपछि देश जनता सबैले दुख झेल्नुपर्छ । पचास अरब खर्च गरी चुनाव गर्न सक्ने सर्माथ्य राख्छ सरकारले तर यो पचास अरब किन सातै प्रदेशको स्वास्थ्य क्षेत्रमा लगानी गरी जनता बचाउने ध्ये राख्दैन सरकारको प्राथामिकता चुनाव हो कि महामारी बाट जनता जोगाउने यति पनि हेक्का हरण भएको शासक भए जनताले सरकारको नेतृत्वबाट के अपेक्षा राख्ने होला । शासक खराव भए देश जनता र कार्यकर्ताले दुख पाउने निश्चित नै भयो । सर्वहाराको नेतृत्वबाट नागरिकको अपेक्षा यहि थियो होला । शासकको विवेकमा ढक्नी लागेपछि बच्नु बचाउनु भन्दा पनि कसरी हुन्छ आफ्नो भलो नै जगत भलो भएको देखिन्छ । जस्ले जीवन भरी आफ्नो उर्जा क्षमता नेकपा एमालेलाइ कुर्वान गरयो आज त्यहि नेतृत्व खडग प्रशादको एकल निर्णयबाट निशकाष्न भएको छ । के समकालिन नेतृत्वलाइ अलग बनाउदैमा फेरी पनि दुर्इ तिहाइ जनमत प्राप्त हुन्छ होला र अहिले कार्यकर्ता दुर्इ भागमा बिभाजनको अबस्थामा छन यसको फाइदा पक्कै अन्य दलले ग्रहण गर्ने छन यति पनि हेक्का छैन नेतृत्वलाइ बिगतको पार्टी बिभाजनको इतिहासको पनि समिक्षा गर्ने कि ।
जवजले मार्क्सवाद र लेनिनवाद नै पार्टीको मार्गदशक भनेर सम्बोधन गरेको छ । फेरी यहि नेतृत्वले म जवजको रक्षक हु भनेर अहंकार प्रर्दशन गरेको देखिन्छ । जवजले समकालिन नेतृत्व र फरक मत राय राख्ने कमरेडलाइ कसरी अबल्वन गरेको छ भन्ने पनि हेक्का नभएको हो कि पार्टी भित्र बहुमतको निर्णय अल्पमतको कदर भन्ने शब्दको चिरहरण भएको हो । खलल पात्र नेतृत्वमा पुगेपछि एकता भन्दा पनि बिभाजनमा रमाउने प्रवृति हावी हुन्छ । सरकारलाइ काम गर्ने बाताबरण भएन हरेक कार्यमा बाधा अबरोध भयो भनेर भाषण दिने फेरी त्यहि व्यक्तिले मेरो कारणले यति धैरै काम सम्पन्न भए भनेर सम्बोधन गर्ने कुन कुरा जनताले बिश्वास गर्ने महोदय । मेरो तिन बर्षे कार्यकालमा रानी पोखरी धरहरा मेलम्ची खानेपानी उर्जा दैनिक दश किलोमिटर कालोपत्रे सडक सम्पन्न भयो भनेर मात्रै सुनिन्छ । तर यो लामो र बहुमत प्राप्त दलले नेतृत्वले कृषि रोजगारी स्वास्थ्यमा यति योजना तय भए यति कार्यन्वयन हुदै छन भनेर एक शब्द पनि उचारण गरेको सुनिदैन । नेपालीलाइ चाहिएको मार्क्सवाद लेनिनवाद माओवाद होइन ।
नेपाली जनताको अपेक्षा भनेको सबैलाइ कृषि कर्म गरेपछि खाना पुग्ने कृषिवाद स्कुल र कलेजमा पढदा निशुल्क शिक्षा ग्रहण गर्न पाउने शिक्षावाद बिरामी भएपछि अस्पतालमा उपचारको लागि निशुल्क पाउने अधिकार स्वास्थ्यवाद योग्यता र क्षमता अनुसारको रोजगारी पाउने रोजगारवाद अन्याय र अत्याचार भएपछि अदालतमा निष्पक्ष पाउने न्यायवाद नै हामी सबैको चाहाना हो । त्यसकारण वाद पछि लाग्नु भन्दा पनि अहिलेको मूलभूत समस्यालाइ हल गरी रोग भोक शोक र शिक्षा स्वास्थ्य रोजगारीको प्रत्याभूति दिन सक्ने वाद नै अहिले लोकप्रिय जनप्रिय लोक कल्याणकारी वाद हो जुन दलले यो वादलाइ सम्बोधन गरी जन अपेक्षा ग्रहण गरी लागु गर्छ त्यहि नै सबैको लोकप्रिय राजनितिक दल बन्छ । नेपाली माटोलाइ सम्पन्न गर्ने वाद प्रयोग गरी सुखी नेपाली समृद्र नेपाल निर्माणमा हामी सबै सरिक बनैा ।