पोखरा । पछिल्लो २४ घण्टामा पोखराका विभिन्न अस्पतालमा १३ जना र एक जनाले होम आइसोलेशन र नवलपुर पुर्वका तीन जना गरी गण्डकी प्रदेशका थप १७ जनाले ज्यान गुमाएका छन ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखराका अस्पतालमा ज्यान गुमाउनेमा कास्की जिल्लाका ६ जना, स्याङजा जिल्लाका ४ जना,पर्वत जिल्लाका २ जना, म्याग्दी जिल्लाका १ जना र तनहुँ जिल्लाका १ जना रहेका छन ।यसै गरी नवलपुर पुर्वका तीन जनाको चितवनको बिभिन्न स्पतालमा ज्यान गएको हो ।
पोखरा २२ का ४५ वर्षीय पुरुष, पोखरा १९ का ३३ वर्षीय पुरुष, पोखरा १३ का ३५ वर्षीय पुरुष, पोखरा १३ का ५४ वर्षीय पुरुष, पोखरा २० की ८३ वर्षीय महिला र कास्की अन्नपूर्ण ४ की ८५ वर्षीय महिलाको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।
त्यसैगरी नवलपरासी पूर्व गैडाकोट ५ की ४० वर्षीय महिला, गैडाकोट १० की ६४ वर्षीय महिला, त्रिवेणी ७ का ५५ वर्षीय पुरुष, स्याङजा, वालिङ १४ का ४६ वर्षीय पुरुष, हरिनास ३ की ४५ वर्षीय महिला, पुतलीबजार १ का ५३ वर्षीय पुरुष, हरिनास ४ का ७२ वर्षीय पुरुष रहेका छन् ।
त्यसैगरी म्याग्दीको बेनी ७ का ६३ वर्षीय पुरुष र तनहुँको शुक्लागण्डकी ८ की ५३ वर्षीय कोरोना संक्रमित महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । त्यस्तै पर्वतको जलजला ३ का ४४ वर्षीय पुरुष र जलजला ९ का ८० वर्षीय पुरुषको समेत पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५९४ पुगेको छ ।