३१ डिसेम्बर २०१९ मा चीनको वुहान प्रान्तबाट सुरु भएको कोभिड–१९ चीन को अथक प्रयास पछि त्याँहाको सरकारले चीनमा नियन्त्रण गर्न सफल भयो । तर पनि अन्य देशले भने यसलाई सजिलै नियन्त्रण गर्न नसक्दा विश्वका विभिन्न देशहरूमा तिब्रगतिमा फैलिरहेको छ । यसरी चीन, इरान, इराक, बेलायत, फ्रान्स, अमेरिका लगाएतका अन्य देशमा कोभिड–१९ तिब्र रुपमा बढीरहेकै समयमा विश्व स्वास्थ सङ्गठन (WHO) ले ३० जनवरी २०२० मा यसलाइ लिएर स्वास्थ सङ्कटकाल घोषणा गरेको थियो । सन् २०२० फ्रेबुवरी ११ मा विश्व स्वास्थ संगठन (WHO) ले कोरोना भाइरसलाई (Corona Virus Disease ) कोभिड–१९ नामाकरण गर्यो र विश्वका विभिन्न देशहरूलाई सुरक्षित रहन आग्रह गरेको थियो । २७ फ्रेबुवरी २०२० मा विश्व स्वास्थ सङ्गठन (WHO) ले नेपाल, भारत, पाकिस्तान, श्रीलंका र अफ्गानस्तान लगाएतका देशहरूमा यो भाइरसको जोखिम उच्च रहेको कुरा सार्वजनिक गर्नुको साथै कोभिड–१९ ले विश्वव्यापी महामारीको रूप लिने भएकोले सचेत रहन सबैलाई आग्रह गरेको थियो । सबै देशले मौसमलाई ध्यान दिदै आइसोलेसन युनिट, औषधि र अन्य स्वास्थ उपचार को उचित प्रबन्ध गर्नका लागि आवह्वान समेत गरेको थियो ।
अमेरिका, फ्रान्स लगाएतका केही पुँजीवादी देशले यसको वास्ता गरेनन् । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले त यसलाई चाइनिज भाइरस भनेर हावामा उडाए । र चीन माथी विभिन्न आरोप प्रत्यारोप लगाउनमा व्यस्त भएका कारण उनले कोभिड –१९ को सङ्क्रमण आफ्नो देशमा फैलिएर जनताहरु मर्न थालेको कुराको भेउ सम्म पाउन सकेनन् । उनले जनताको स्वास्थ भन्दा देशको अर्थतन्त्रलाई बढि महत्व दिएर लकडाउन खुकुलो बनाए त्यसैले अमेरिकामा कोभिड–१९ को संक्रमण तीब्ररुपमा फैलिएर मानिसहरूको मृत्यु भइरहेको छ । यता नेपालमा वि.स.२०७६ माघ १० मा पहिलो पटक कोविड–१९ पुष्टि भएको थियो । यस समयमा नेपाल मा यसको कुनै प्रभाव परेको थिएन । जब हाम्रो छिमेकी मुलुक भारतमा यसको संक्रमण फैलियो नेपालमा पनि यसको प्रभाव देखिन थाल्यो । सार्क राष्ट्रमा पनि कोभिड–१९ को संक्रमण बढिरहेको अवस्थामा यसका विरूद्ध साझा रणनीति तयार गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी को आवह्वानमा सार्क राष्ट्रका सरकार प्रमुख बिच सन् २०२० मार्च ५ (२०७६÷१२÷२) मा भिडियो कन्फरेन्स मार्फत सहमति भयो ।
कोभिड–१९ विश्वका धेरै देशमा फैलिएर लाखौं मानिस संक्रमण भएर हजारौं मानिसहरूले ज्यान गुमाउन थाले पछी विश्व स्वास्थ संगठन (WHO) ले कोभिड – १९ लाई सन् २०२० मार्च ११ मा विश्वव्यापी महामारिको रुपमा घोषणा ग¥यो । धेरै देश ले यसरी विश्व स्वास्थ संगठन (WHO) ले पटकपटक गरेको अनुरोधलाई बेवास्ता गरे भने आफुलाई विश्व कै शक्तिशाली ठान्ने देश अमेरिककाले विश्व स्वास्थ संगठन (WHO) लाई आफुले दिइरहेको सहयोग रोकिदिने धम्कि समेत दियो । यबाट के स्पष्ट हुन्छ भने उसले आफुले नियन्त्रण गर्न नसकेर अरुले गरेको कार्य देखेर आवेशमा आएर दिएको अभिव्यक्ति हो । यस्तो सङ्कटको समयमा पनि रुस, समाजवादी देश क्युवा, उत्तरकोरिया र आफ्नै विशेषताको समाजवादको अभ्यास गरिरहेको देश चीन लगाएतका राष्ट्रहरूले अन्य राष्ट्रहरूलाई गरेको सहयोग, विश्व स्वास्थ संगठन (WHO) ले जारी गरेका नियमहरूको पालना र अन्य पुजीवादी देशहरूको व्यबहार र आवेगबाट नै प्रष्ट भएको छ कि अहिलेको विश्व परिवेशले वैज्ञानिक समाजवाद को नै माग गरिरहेको छ ।
भारतमा कोरोना भाइरस बढी रहेको समयमा नेपालमा पनि यसको प्रभाव पर्ने भएको कारणले नेपाल सरकारले वि.स. २०७६÷१२÷११ देखि देशैभरी लकडाउनको घोषणा गयो । यसरी लगडाउन हुदा पनि नेपालमा कोरोना संक्रमण फैलिनमा उलेख्य सुधार आएन । वर्तमान समयमा (Covid-19) समाजवादी देशहरूको तुलनामा पुँजीवादी देशहरूमा बढी घातक रुपमा फैलिरहेको छ । यसले यो पुष्टि गर्छ कि पुँजीवादले मानिसलाई समयको परिवर्तन सँगै समाजरुपान्तरणको दिशामा अघि बढ्न होइन , परम्परादेखि चलिआएका चालचलन, कुसंस्कार , कुरिती र व्यक्तिगत स्वार्थमा रहेर कार्यसम्पादन गर्न अभिप्रेरित गरेको पाइन्छ । यस शासन व्यवस्थामा सरकार प्रमुख वा शासकहरूले महत्वपूर्ण निर्णयहरू लिदा जनउत्तरदायी भएर विज्ञहरूको सुझाव सल्लाहलाई अनुशरण गरेर निर्णय लिने होइन, उनिहरूले आफ्नो व्यक्तिगत लाभलाई प्रभावकारी तरिकाले नियालेर सनकको भरमा निर्णय लिने गरेका छन । जसको प्रत्यक्ष प्रभाव सर्वहारा श्रमजीवी वर्गमा परेको देखिन्छ । पुँजीवादले गर्दा विश्व परिवेशमा धनी झन झन धनी हुदै गएका छन भने गरिब झन धेरै गरिब हुँदै गएको अवस्था छ । पुँजीवादमा सतामोह ज्यादै हावी भएको कारण सहि समयमा सहि व्यक्ति नभएको महसुस हुन थालेको छ । जसले वर्तमान परिस्थितिमा विभिन्न किसिमका संङ्कटहरूको सिर्जना गरेको छ ।
पुँजीवादी शासन व्यवस्थाले व्यापारी र सन्की शासकहरूको पक्षपोषण गर्नु बाहेक जनताका हितमा कार्य गरेको गरेको देखिदैन । अन्यथा प्रजातन्त्र , लोकत्रन्त्र र गणतन्त्र भनेपनी ती नाम फरक तर कार्य, व्यावहार र त्यसको शासकीय शैलिमा लुटपाट गर्ने तरिका बाहेक कुनै पनि किसिमको भिन्नता देखिदैन । जसको परिणामस्वरूप विश्वपरिवेशले आज नोबोल कोरोना भाइरस जस्तो घातक महामारिको सामना गर्नुपर्ने अवस्था उत्पन्न भएको छ । वर्तमान समयमा पुँजीवादको नेतृत्व गरिरहेका अमेरिका, फ्रान्स, बेलायत, भारत लगाएतका देशहरूमध्ये अमेरिकाले कोरोना भाइरस नियन्त्रणमा खर्च गर्नुको सट्टा विभिन्न किसिमका हातहतियारहरू निर्माण गरेर इजरायल लगायतका राष्ट्रहरूमा वितरण गर्न व्यस्त रहेको छ । जसको कारण इजरायललाई प्यालेस्टाइन विरुद्ध आक्रमण गर्न थप उक्साईरहेको छ । अमेरिकाले प्यालेस्ट्यानी जनतामाथि इजरायले गरिरहेका अक्रमणहरूमा प्रभावकारी भूमिका निर्वाह गरेको पाउन सकिन्छ । अर्काे देश भारतले विज्ञहरूले दिएका सुझावहरूलाई वेवास्ता गरेर विभिन्न किसिमका आमसभा र कुम्भमेलाका नाममा हजारौ मानिसहरूलाइ भेला गरेर धार्मिक कार्यक्रम सञ्चाल गरिरहेको छ । जसले गर्दा भारतमा नोबल कोरोना भाइरस तिब्र रूपमा फैलिएर हजारौ मानिसहरूलाई अनाहकमा ज्यान गुमाउन बाध्य पारिएको छ ।
तुलनात्मक रूपमा हेर्दा विश्वमा पुँजीवादलाई नेतृत्व गरिरहेका मुलुकका सरकार र सरकार प्रमुखहरू जनउत्तरदायी भएको पाइदैन । उनीहरूले अहिलेको विज्ञान प्रविधिको युगमा वैज्ञानिक अध्यान अनुसन्धान र जनस्वास्थ विज्ञहरूले दिएका सुझाव सल्लाहहरूलाई अस्वीकार गरिरहेका छन् । यसको ज्वलन्त उदारणको रुपमा हाम्रो देश नेपाललाई पनि लिन सकिन्छ । किनकी भारतमा द्रोसो चरणको कोरोना भाइरसले विकराल रुप लिइरहेको समयमा नेपाल सरकारले विज्ञहरूले दिएको सल्लाहा सुझवलाई बेवास्था गर्यो । नेपाल सरकारले वि.स. २०७७/०९/०५ गते संसद विघठन गर्दा विपक्षी दलहरू लगायत सतापक्षकै सांसदहरूले विभिन्न किसिमका ¥याली र आमसभाहरू सञ्चालन गरिरहे । अझ देशका प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले विभिन्न प्रकारका उद्घाटन, सभा, समारोह लगाएतका कार्यक्रमहरू सञ्चालन गरे । फेरि वि.स. २०७८/०२/०८ गते राती मन्त्री परिषदको निर्णयमा राष्ट्रतिले द्रोसो पटक पुनः संसद विघटन गरी मध्यावधि चुनावको घोषणा गरेकी छन् । अझ सत्ताको सौदावाजीको नाममा वर्षाै देखि विवादमा रहेको नागरिकता सम्बन्धी विधेक अध्यादेश मार्फत संशोधन गरिएको छ । यस्तो कोरोना महामारीको समयमा जनताको स्वास्थको कुनै प्रवाह नगरी सरकारले गरेका यस्ता कदमको नेपालमा जतातै सभा, जुलुसको आयोजना गरि सर्वत्र विरोध भइरको छ ।
जसको कारण नेपालमा वर्तमान समयमा दोस्रो लहरको कोरोना भाइरस तिब्ररुपमा फैलिएर हजारौ मानिसहरू अक्सिजन नपाएर ज्यान गुमाउन बाध्य भएका छन् । देशको यस्तो दयनिय अवस्थामा पनि राजनीतिक दल र तिनका नेताहरू भने सत्ताको भगबण्डा र लुछाचुडिमा मस्त भएर मोजमस्ती गरिरहेका छन् ।
त्यसैले क्युवा, चिन लगायतका केही विश्वका कम्युनिष्ट राष्ट्रहरूले कोरोनालाई नियन्त्रण गरेको कार्यलाई उदाहरणका रुपमा हेर्न सकिन्छ । जहाँ राज्य अनुशासनमा बस्नुको साथै विश्व स्वास्थ संगठन र विज्ञहरूले दिएका सुझावहरुलाई प्रभावकारी रूपमा पालना गरे । यी राष्ट्रहरूले नागरिकका आधारभूत आवश्यकताको विषयमा उपयुक्त समयमा ध्यान पु¥याएको पाइन्छ । स्वास्थ सुरक्षाको मापदण्ड पालना गराउन राज्यहरूले निर्देशन मात्रै दिएर बसेन्न, जसले नागरिकका आवश्यकता बुझ्नुको साथै राज्यले नागरिकप्रति गर्नु पर्ने दायित्व पनि बोध गरे । तसर्थ यहाँका नागरिकहरूले राज्यले गरेको आग्रहहरूलाई सहजै रूपमा स्वीकार गरेका छन् । जबसम्म सरकार जनउत्तदायी हुदैन, तबसम्म आमनागरिक पनि उत्तरदायी हुदैन्न । तसर्थ जनस्वास्थका लागि आवश्यक न्यूनतम मापदण्ड पुरा गरेको भए वर्तमान समयमा उत्पन्न संकटलाई सहजै नियन्त्रणमा लिन सकिन्थ्यो । विश्वमा नोबल कोरोना भाइरसको कारणले भएका क्षति सम्बन्धि जुन तथ्याङ्क सार्वजनिक गरिएको छ, क्षति त्यति मात्रै छैन भन्ने कुरा विश्व स्वास्थ संगठन (WHO) ले घोषणा गरिसकेको छ । विश्वमा यस्तो विकराल समस्या निम्त्याउनका लागि वर्तमान पूँजीवादको नै प्रमुख दोष रहेको छ ।
विश्वका विभिन्न समस्याको सहि र वास्तविक समाधान जनताको शासन व्यावस्था एकमात्र विकल्प हुन सक्छ । त्यो भनेको वैज्ञानिक समाजवाद नै हो । जसको आवश्यकता नोबल कोरना भाइरसले विश्वमा निम्त्याएको संकटले गहिरो गरि विश्वलाई नै बोध गराएको छ ।
लेखक: उमेश कुमार विश्वकर्मा