Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

वृद्धभत्ता ४ हजार पुग्याे ,सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बढ्यो

वृद्धभत्ता ४ हजार पुग्याे ,सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बढ्यो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १५, २०७८ शनिवार • १७:०८:४२ बजे
  • 1.6K
    SHARES
  • वृद्धभत्ता ४ हजार पुग्याे ,सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बढ्यो

    पोखरा । सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ। आर्थिक वर्ष २०७८७९ को वार्षिक बजेटबाट सरकारले भत्ता बढाएको हो।

    images

    आज बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भत्ता बढाइएको घोषणा गरेका हुन्। सरकारले ७० वर्ष माथिका नागरिकले पाउने भत्ता ३ बाट ४ हजार पुर्याएको छ।

    १० समूहले सामाजिक सुरक्षाको रुपमा मासिक भत्ता पाउँदै आएका छन्। जेष्ठ नागरिक दलित, एकल महिला, ७० वर्ष माथिका जेष्ठ नागरिक, तोकिएका क्षेत्रका जेष्ठ नागरिक, विधवा,अपांगता क र ख वर्ग,लोपोन्मुख जाति र वाल पोषणको रुपमा भत्ता दिइन्छ। हरेक समूहअनुसार मासिक रुपमा पाउने भत्ताको दर पनि फरक रहेको छ।

    सबै प्रकारका भत्तामा ३३ प्रतिशतले बढाइएको अर्थमन्त्री पौडेलले जानकारी दिए। यो वर्ष ६७ अर्ब बजेट भएको सामाजिक सुरक्षाका लागि १ खर्ब बजेट विनियोजन गरिएको छ। पहिलो वर्ष नै यो शिर्षकमा ३३ अर्ब दायित्व थप भएको छ।

    पर्यटन क्षेत्र सुधार्न निजामति कर्मचारीलाई १० दिनको पारिश्रमिक दिएर पर्यटन काज विदाको व्यवस्था मिलाएको बताए।

    शनिबार सिंहदरबारमा आर्थिक वर्ष २०७८७९ को वार्षिक बजेट पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले सरकारी कर्मचारीलाई १० दिनको पारिश्रमिक दिएर पर्यटन काज बिदा दिने बताए।

    यस्तै मन्त्री पौडेलले अन्य क्षेत्रलाई पनि प्रोत्साहन गर्ने बताए।

     

  • सम्बन्धित विषय:

  • # बजेट सार्वजनिक
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology