Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विद्यार्थीलाई ल्यापटप किन्न कर्जा दिने,माणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने

विद्यार्थीलाई ल्यापटप किन्न कर्जा दिने,माणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १५, २०७८ शनिवार • १८:००:२९ बजे
  • 1.6K
    SHARES
  • विद्यार्थीलाई ल्यापटप किन्न कर्जा दिने,माणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने

    पोखरा । सरकारले सार्वजनिक विद्यालय तथा क्याम्पसका उच्च माध्यामिक र सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक सिकाइमा सहयोग पुर्‍याउने उद्देश्यका ल्यापटप किन्न कर्जा दिने भएको छ।

    images

    शनिबार बजेटमार्फत सरकारले एक थान ल्यापटप खरिद गर्न ८० हजारसम्म २ वर्षसम्मका लागि कर्जा दिने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

    यस्तो कर्जाका ब्याज एक प्रतिशतसम्म मात्र हुने अर्थमन्त्री विष्णु पौडेलले बताए।

    त्यसैगरी, १६ वर्षभन्दा माथिका विद्यार्थीलाई एक थान सिमकार्डसमेत नि:शुल्क उपलब्ध गराइने मन्त्री पौडेलले बताए।

    यस्तै शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ।यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताए ।

  • सम्बन्धित विषय:

  • # बजेट सार्वजनिक
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology