Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

इराक सँगको मैत्रीपुर्ण खेलमा नेपाल ६ - २ ले पराजित

इराक सँगको मैत्रीपुर्ण खेलमा नेपाल ६ - २ ले पराजित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १६, २०७८ आइतवार • ०८:२८:२४ बजे
  • 859
    SHARES
  • इराक सँगको मैत्रीपुर्ण खेलमा नेपाल ६ - २ ले पराजित

    पोखरा । शनिबार राति भएको इराक सँगको मैत्रीपुर्ण खेलमा नेपाल पराजित बन्न पुगेको छ । इराकको बसरामा सम्पन्न खेलमा नेपाल इराकसँग ६ - २ ले पराजित बन्न पुगेको हो ।

    images

    खेलको सातौं मिनेटमा इराकका कप्तान अली अब्दुल जहर खासिनले गोल गर्दै अग्रता लिए । तर, त्यसको एक मिनेट नबित्दै नेपालले बराबरी गोल फर्कायो ।

    यसैगरी ३० औं मिनेटमा मनिष डाँगीको गोलमा नेपालले अग्रता लिएपनि ४० औं मिनेटमा इराकले बराबरी गोल फर्कायो। लगत्तै इराकले अर्को गोल थपेपछि नेपाल पहिलो हाफमा ३–२ को अवस्थामा पुग्यो । यस्तै पहिलो हाफको इन्जुरी समयमा इराकले अर्को गोल थपेपछि नेपाल दुई गोलले पछि पर्यो ।

    यस्तै दोस्रो हाफमा नेपालले खेलमा फर्किन भरपूर प्रयास गरेपनि सफल भएन बरु थप दुई गोल खायो । नेपालले ६८ र ७४ औं मिनेटमा गोल खाएको हो।

    नेपालले कुवेत हुने फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोटको तयारीका लागि इराकसँग मैत्रीपूर्ण खेल खेलेको हो।

  • सम्बन्धित विषय:

  • # मैत्रीपुर्ण खेल
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology