म्यानचेष्टर सिटीलाई पराजित गर्दै चेल्सीले दोस्रो पटक युरोपयन च्याम्पियन्स लिगको उपाधि चुमेको छ । पोर्चुगलको पोर्टोमा भएको फाइनल खेलमा म्यानचेष्टर सिटीलाई १-० ले पराजित गर्दै चेल्सीले दोस्रो पटक उपधि चुमेको हो ।
यसअघि सन २०१२ मा चेल्सीले पहिलो पटक चयाम्पियन्स लिग उपाधि जितेको थियो । चेल्सीले समग्रमा तेस्रो पटक फाइनल खेल्दा दोस्रो पटक उपाधि जितेको हो ।पहिलो पटक फाइनल पुगेको सिटी भने उपविजेतामै सिमित बन्यो ।
स्टाडिओ डो ड्रागाओमा भएको खेलको ४३औ मिनेटमा काई हाभार्टले मासोन माउन्टको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
त्यही गोल चेल्सीलाई युरोकपको विजेता बनाउन पर्याप्त बनेको हो ।
दुई फरक क्लबबाट लगातार दोस्रो पटक फाइनल पुग्दा प्रशिक्षक थोमस टुचेलले पहिलो पटक च्याम्पियन्स लिग जितेका छन् । गत सिजन पेरिस सेन्ट जर्मेनको प्रशिक्षक हुँदा उनको टिम फाइनलमा बायर्न म्युनिखसंग पराजित भएको थियो ।