गोरखा। गोरखाको बारपाकमा दुई दिनमा ८२ जनामा कोरोना पुष्टि भएको छ ।गण्डकी प्रदेश, जिल्ला स्वास्थ्य कार्यालय र बारपाक सुलिकोट गाउँपालिकाको छुट्टाछुट्टै स्वास्थ्यकर्मीको टिम परिचालन गरी लिएको परिक्षणमा शुक्रवार ५८ र सनिवार २४ जनामा कोरोना पुष्टि भएको हो । अझै तीन सय ४२ जनाको रिपोर्ट आउन बाँकी छ।
दुई सातामा १३ जनाको भएपछी बारपाकमा कोरोना परिक्षण गरिएको हो ।बारपाक गाउँमा करिब एक हजार तीन सय घरधुरी छ। यहाँका बासिन्दाले सुरूमा स्वाब परीक्षण गर्न मानेका थिएनन्।
यसैबीच बारपाक सुलिकोट वडा नम्बर २ की २४ वर्षीया महिलालाई मनाङ एअरको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पताल ल्याइएको छ।
बारपाकमा कोरोना संक्रमण फैलिएपछि गाउँपालिका प्रमुख बिष्णु भट्टले प्रदेश र केन्द्र सरकारको सहयोग मागेका थिए।