Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखराका विभिन्न अस्पतालमा १४ जना र एक जनाको होम आइसोलेशनमा मृत्यु [ विवरण सहित ]

पोखराका विभिन्न अस्पतालमा १४ जना र एक जनाको होम आइसोलेशनमा मृत्यु [ विवरण सहित ]

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १६, २०७८ आइतवार • १७:३५:३२ बजे
  • 1.7K
    SHARES
  • पोखराका विभिन्न अस्पतालमा १४ जना र एक जनाको होम आइसोलेशनमा मृत्यु [ विवरण सहित ]

    पोखरा । पछिल्लो २४ घण्टामा पोखराका विभिन्न अस्पतालमा १४ जना र एक जनाको होम आइसोलेशनमा र अर्का एक जनाको मुस्ताङमा होम आइसोलेशनमा गरी गण्डकी प्रदेशका थप १६ जनाले ज्यान गुमाएका छन ।

    images

    आज मृत्यु पुष्टि हुनेमा कास्कीका आठ जना, तनहुँका चार जना, लमजुङका एक जना, पर्वतका एक जना, बागलुङका एक जना र मुस्ताङका एक जना छन् । आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६६१ पुगेको निर्देशनालयले जनाएको छ ।

    प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोनासँग सम्बन्धित दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ६६३ जनामा गरिएको नमुना परीक्षणमा थप ५४० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । आज पुष्टि भएका संक्रमित प्रदेशका सबै नौ जिल्लाका छन् ।

    जसअन्तर्गत कास्कीका ७४ जना, तनहुँका १७ जना, गोरखाका १०४ जना, लमजुङका ८९ जना, नवलपुरका ८५ जना र स्याङ्गजाका सात जना छन् । यस्तै, पर्वतका ३४ जना, बाग्लुङका ११५ जना र म्याग्दी जिल्लाका १५ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ । आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४१ हजार ६८२ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा गण्डकीबाट ८५९ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ३० हजार २३२ पुगेको छ।

    16.1.jpg16.2.jpg16.3.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology