कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पर्साको श्रीपुरकी ८५ वर्षीया महिलाको कोरोनाबाट आज मृत्यु भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नारायणी अस्पतालमा उपचारका क्रममा ती महिलाको बिहान ६ बजेर ४५ मिनेट जाँदा मृत्यु भएको जानकारी दिए । उनले ती महिला मुटुरोगी भएको र उनलाई निमोनियाको पनि संक्रमण रहेको बताए ।
मन्त्रालयका अनुसार कोरोनाबाट ज्यान गुमाउनेको संख्या देशभर ४४ पुगेको छ ।