Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीमा सोमबारदेखि एक हप्ता निषेधाज्ञा थप

म्याग्दीमा सोमबारदेखि एक हप्ता निषेधाज्ञा थप

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १७, २०७८ सोमवार • १५:५८:३७ बजे
  • 2.4K
    SHARES
  • म्याग्दीमा सोमबारदेखि एक हप्ता निषेधाज्ञा थप

     म्याग्दीमा सोमबारदेखि एक हप्ता निषेधाज्ञा थप गरिएको छ । साताको दुई दिन बैंक तथा वित्तीय संस्थालाई खुला गर्न दिइने |

    images

    जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि आइतबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

    जारी निषेधाज्ञा आज राति सकिँदैछ । निषेधाज्ञाको समयावधिभरि अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुनेछन् ।

    साताको आइतबार र बुधबार दुई दिन बिहान १० देखि २ बजेसम्म बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाहरुलाई खोल्न दिने निर्णय भएको प्रजिअ अधिकारीले बताए । यसैगरी तरकारी, खाद्यान्न, बीउबिजन, कृषि औजार, निर्माण सामग्रीका पसलहरु बिहान ५ देखि १० बजेसम्म खुल्ला रहनेछन्। रासस

  • सम्बन्धित विषय:

  • # म्याग्दी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology