Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखरामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु ,१५६ जनामा पुष्टि [ विवरण सहित ]

पोखरामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु ,१५६ जनामा पुष्टि [ विवरण सहित ]

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १७, २०७८ सोमवार • १८:५५:४३ बजे
  • 1.4K
    SHARES
  • पोखरामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु ,१५६ जनामा पुष्टि [ विवरण सहित ]

    पोखरा । पछिल्लो २४ घण्टामा पोखराका विभिन्न अस्पतालमा ११ जना र एक जनाको होम आइसोलेशनमा तीन जनाको चितवनमा बागलुङ र म्याग्दीमा एकएक जना गरी गण्डकी प्रदेशका थप १७ कास्कीमा ४,लमजुङ १, तनहुँ ४, नवलपरासी पूर्व ३ म्याग्दी १, स्याङजा २ र बागलुङमा २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

    images

    पोखरा १ की ६७ वर्षीय महिला, पोखरा ११ का ३५ वर्षीय पुरुष, पोखरा ११ का ६० वर्षीय पुरुष, पोखरा २९ का ८४ वर्षीय पुरुष, लमजुङ सुन्दरबजार ९ की ७० वर्षीय महिला, म्याग्दीको मंगला १ का ३९ वर्षीय पुरुष, बागलुङको बागलुङ नगरपालिकाकी २५ वर्षीय महिला, बागलुङ २ का ६२ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

    त्यसैगरी तनहुँ शुक्ला गण्डकी ८ की ३५ वर्षीय महिला, शुक्लागण्डकी ८ का ६५ वर्षीय पुरुष, शुक्लागण्डकी ९ का ३२ वर्षीय पुरुष, ब्यास ७ की ४९ महिला, स्याङजा गल्याङ २ का ४८ वर्षीय पुरुष, वालिङ ९ का ८० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

    त्यस्तै नवलपरासी पूर्व गैडाकोट १७ की ६० वर्षीय महिला, कावसोती ३ की ५६ वर्षीय महिला र कावसोती ८ का ४१ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६७८ पुगेको छ ।

    गण्डकी प्रदेशमा थप ८४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    गण्डकी प्रदेशमा थप ८४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशमा मनाङ र मुस्ताङ बाहेका ९ जिल्लामा गरिएको नमूना परिक्षणमा ८४० जनामा कारोना संक्रमण देखिएको हो ।

    आइतबार प्रदेशमा कोरोना संक्रमितको संख्या घटेर ५४० पुगेकामा सोमबार थप ३०० जना बढी अर्थात ८४० संक्रमित पुगेका हुन् । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ८३२ जनामा गरिएको नमुना परीक्षण ३५१ पुरुष र ४९१ जना महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा।विनोदबिन्दु शर्माले जानकारी दिए ।

    उनका अनुसार कास्कीमा १५६, म्याग्दी ३८, स्याङ्जा ६७, बाग्लुङ ११०, पर्वत ३६, तनहुँ ६१, गोरखा २४०, लमजुङ ३७ र नवलपुरमा ९७ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४२ हजार ५२४ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ९५९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    योसँगै संक्रमणमुक्त हुनेको संख्या ३१ हजार १९१ पुगेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology