Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा संक्रमणबाट १० सहित गण्डकीभर १६ जनाको ज्यान गयो [को कहाँका विवरण सहित]

पोखरामा संक्रमणबाट १० सहित गण्डकीभर १६ जनाको ज्यान गयो [को कहाँका विवरण सहित]

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १८, २०७८ मंगलवार • १९:३६:२७ बजे
  • 1.5K
    SHARES
  • पोखरामा संक्रमणबाट १० सहित गण्डकीभर १६ जनाको ज्यान गयो [को कहाँका विवरण सहित]

    पोखरा । पोखरामा कोरोना संक्रमणबाट १० जनाको ज्यान गएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १६ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।

    images

    उनका अनुसार कास्कीका ४, तनहुँ २, नवलपरासी पूर्व ४,पर्वत १, म्याग्दी १,स्याङजा ३, र बागलुङमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पोखरा ५ की ७२ वर्षीय महिला, पोखरा १३ का ४८ वर्षीय पुरुष, कास्कीका माछापुच्छ्रे २ का ६३ वर्षीय पुरुष, रुपन्देही तिलत्तोमा १७ का ५२ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ ।

    त्यसैगरी नवलपरासी पूर्व,कावासोती २ का ३८ वर्षीय पुरुष, गैडाकोट १२ की ६८ वर्षीय महिला, बिनयत्रिवेणी २ का ८० वर्षीय पुरुष, विनयत्रिवेणी ६ का ७३ वर्षीय पुरुष, तनहुँको शुक्लागण्डकी ७ की ७५ वर्षीय महिला र शुक्लागण्डकी ७ का ८२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

    त्यसैगरी पर्वतको कुश्मा नगरपालिका ४ का ७० बर्षिय पुरुष,स्याङजा अर्जुन चौपारी ५ का ८६ बर्षिय पुरुष,गल्याङ ८ का ५२ वर्षीय पुरुष र स्याङजाको कालीगण्डकी ७ की ५२ वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

    त्यस्तै बागलुङको बागलुङ ४ की ४२ वर्षीय महिला र म्याग्दीको अन्नपूर्ण २ का ८२ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६९४ पुगेको छ ।

    18.1.jpg18.2.jpg

     

     

     

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology