Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

संक्रमित महिलाले छोरी जन्माइन

कास्की सार्दीखोला स्वास्थ्यचौकीमा संक्रमित महिलाले छोरी जन्माइन,आमा छोरीको स्वास्थ्य सामान्य

कास्की सार्दीखोला स्वास्थ्यचौकीमा संक्रमित महिलाले छोरी जन्माइन,आमा छोरीको स्वास्थ्य सामान्य

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २०, २०७८ बिहिवार • १२:०६:५५ बजे
  • 1.1K
    SHARES
  • कास्की सार्दीखोला स्वास्थ्यचौकीमा संक्रमित महिलाले छोरी जन्माइन,आमा छोरीको स्वास्थ्य सामान्य

    पोखरा । कास्कीमा एक जना कोरोना संक्रमित महिलाले शिशुलाई सुरक्षित जन्म दिएका छन । माछापुच्छ्रे गाउँपालिका २ स्थित सार्दीखोला स्वास्थ्यचौकीमा एक सङ्क्रमित महिलाले बुधबार राति ८ः५६ बजे आइसोलेशनकक्षमा सामान्य विधिबाट छोरीलाई जन्म दिएकी हुन ।

    images

    स्थानीय २८ वर्षीया महिलाको सो स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले बुधबार राति ८ः५६ बजे आइसोलेशनकक्षमा सामान्य विधिबाट प्रसूति गराएको हो । साँझ ८ः०० बजे सुत्केरी व्यथा लागेर स्वास्थ्यचौकी आएकी ती महिला र उनका श्रीमान्को एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । हाल सुत्केरी महिला र बच्चा (छोरी)को स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

    कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीका अनमी हिमकुमारी गुरुङ र विद्या सापकोटा तथा स्वास्थ्यचौकीका कर्मचारी लक्ष्मी बयलकोटी र सञ्जु परियारले सामान्य विधिबाट सुत्केरी गराएको स्वास्थ्यचौकीका इन्चार्ज अनिता घिमिरेले जानकारी दिइन् । यसअघि शहरका अस्पतालमा सङ्क्रमित महिलाको प्रसूति गराइए पनि गाउँकै स्वास्थ्यचौकीमा आइसोलेशन सेन्टरमा गर्भवतीले बच्चा जन्माएको पहिलोपटक भएको बताइन्छ ।

    स्वास्थ्यचौकीका इन्चार्ज घिमिरेले भनिन्, सुत्केरी व्यथा लागेपछि गाडी पठाउन आग्रह गरेपछि हामीले उनलाई स्वास्थ्यचौकीमा ल्याएका थियौँ, महिला र उनका श्रीमानको परीक्षण गर्दा कोरोना पोजेटिभ आयो, गाउँमै पहिलोपटक कोभिड पोजेटिभ बिरामीको सुत्केरी गराउन पाउँदा खुशी भएका छौँ ।

    सार्दीखोला स्वास्थ्यचौकीमा सामान्य अवस्थाका महिलाको सुत्केरी गराउने गरे पनि जटिल अवस्थाकालाई पोखरा सिफारिश गर्ने गरिएको छ । पछिल्लो समय कोरोना सङ्क्रमण बढेपछि स्वास्थ्यचौकीमा १० शय्याको आइसोलेशन सेन्टर निर्माण गरिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology