सुर्खेत । सुर्खेतमा ढुंगा प्रहार गरी आफ्नै भाईको ह'त्या गर्ने दाईलाई प्रहरीले पक्राउ गरेको छ । घरायसी विषयमा विवाद हुँदा लेकबेशी नगरपालिका-२ साँझे बस्ने भाई ३१ वर्षीय बम बहादुर ठाडामगरको ढुंगा प्रहारबाट बुधवार दिउँसो मृत्यु भएको हो ।
उनकै दाई ३४ वर्षीय टोप बहादुर ठाडामगरले टाउकोमा ढुंगाले प्रहार गर्दा गम्भीर घाइते भएका बमबहादुरको देउती नर्सिङहोम सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय लेकबेशी र ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले टोप बहादुरलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।