Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ब्ल्यांक फंगस (कालो ढुसी)को संक्रमण

नेपालमा पहिलो पटक ब्ल्यांक फंगस (कालो ढुसी)को संक्रमणबाट एक बृद्धको मृत्यु

नेपालमा पहिलो पटक ब्ल्यांक फंगस (कालो ढुसी)को संक्रमणबाट एक बृद्धको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २०, २०७८ बिहिवार • १५:२४:५५ बजे
  • 685
    SHARES
  • नेपालमा पहिलो पटक ब्ल्यांक फंगस (कालो ढुसी)को संक्रमणबाट एक  बृद्धको मृत्यु

    कैलाली । कैलालीमा ब्ल्यांक फंगस (कालो ढुसी)को संक्रमणबाट एक जनाको मृत्यु भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको बर्दगोरिया गाउँपालिका-६ तुलसीपुरका ६५ वर्षीय बृद्धको बिहीबार मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

    images

    ब्ल्याकं फंगसको लक्षण देखिएपछि बायोप्सी गरिएको थियो। परीक्षण गर्दा ब्ल्याक फंगस पुष्टि भएको श्रेष्ठले बताए। ब्ल्याकं फंगसबाट मृत्यु भएको नेपालमा पहिलो घटना हो। स्वास्थ्यमा समस्या आएपछि उनलाई १७ जेठमा अस्पताल भर्ना गरिएको थियो। उनको मिर्गौलामा समस्या देखिएको थियो।

    कोभिड-१९ रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले जनाएको छ। अक्सिजन लेभल एकदमै कम भएपछि आईसीयूमा राखेर उपचार थालिएको थियो। उपचारका क्रममै आज बिहान ७ बजे मृत्यु भएको अधिकारीले बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा १० जनामा ब्ल्याक फंगस देखिएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology