Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

काठमाडौं उपत्यकामा मेलम्चीको पानी एक महिना नआउने

काठमाडौं उपत्यकामा मेलम्चीको पानी एक महिना नआउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २०, २०७८ बिहिवार • १६:०६:०४ बजे
  • 1.1K
    SHARES
  • काठमाडौं उपत्यकामा मेलम्चीको पानी एक महिना नआउने

    काठमाडौं उपत्यकामा मेलम्चीको पानी एक महिना नआउने भएको छ । आगामी असार १ गतेदेखि झण्डै एक महिना मेलम्चीको पानी बितरण रोकिने भएको हो । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार सुरुङको परीक्षण गर्नुपर्ने भएकाले असार १ गते मेलम्चीको पानी पठाउन बन्द गर्न लागिएको हो ।

    images

    कार्यविधीअनुसार सुरुङको परीक्षण गर्न लागेको उनले बताए । सुरुङमा पानी परीक्षण सफल भएपछि मात्र पानी पठाउनुपर्ने भएकाले एक महिना बन्द हुने उनले जानकारी दिए । पन्तले भने, ‘अस्ति सुख्खायाम सूरु भइसकेको हुनाले तुरुन्तै खाली नगरेर पानी नै चलाइदियौ । अब पानी परीक्षण सफल भएपछि पुनः सुचारु गर्ने हो ।

    अब ठेक्का सम्झौता पनि समापन गर्नुपर्ने भएकाले सुरुङ परीक्षण पूरा गर्नुपर्ने उनले बताए । त्यसका लागि कार्यविधिअनुसार सुरुङ खाली गरेर हेर्ने अनि सबै दुरुस्त भएको अवस्थामा फेरि पानी भरेर सूचारु गर्ने उनको भनाइ छ । उनले भने, ‘असार १ गतेदेखि पानी विस्तारै सुरुङबाट खाली गर्छौ र निरीक्षण गर्छौ । सबै ठिक भएपछि सधैका लागि पानी सूचारु गर्छौ ।’

  • सम्बन्धित विषय:

  • # मेलम्ची
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology