Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना अपडेट

६,८२५ जना कोरोना संक्रमित थपिए,५,९०४ निको भए : ७५ जनाको निधन

६,८२५ जना कोरोना संक्रमित थपिए,५,९०४ निको भए : ७५ जनाको निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २०, २०७८ बिहिवार • २३:४७:३७ बजे
  • 664
    SHARES
  • ६,८२५ जना कोरोना संक्रमित थपिए,५,९०४  निको भए :  ७५ जनाको निधन

    बिहीबार पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ८ सय २५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। यसै गरी आज कोरोनाबाट निको हुनेको संख्या ५ हजार ९ सय ४ रहेको छ ।

    images

    २१ हजार सात सय ७३ जनामा परीक्षण गर्दा बिहीबार उक्त संख्यामा नयाँ कोरोना संक्रमित थपिएका हुन्। य्सै गरी ७५ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

    योसँगै अहिलेसम्म कोरोनाबाट नेपालमा सात हजार छ सय ३० जनाको मृत्यु भएको छ।

    काठमाडौंमा पछिल्लो २४ घण्टामा एक हजार छ सय ३० जना कोरोना संक्रमित थपिएका छन्।

    यस्तै काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा कूल २ हजार ५७ जना कोरोना संक्रमित थपिएका छन्। ललितपुरमा दुई सय ९८ र भक्तपुरमा एक सय २९ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

  • सम्बन्धित विषय:

  • # कोरोना अपडेट
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology