Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाल सरकारलाई जापनबाट स्वास्थ्य सामग्री सहयोग, ६ वटा एम्बुलेन्स पनि दिने

नेपाल सरकारलाई जापनबाट स्वास्थ्य सामग्री सहयोग, ६ वटा एम्बुलेन्स पनि दिने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २०, २०७८ बिहिवार • २३:५३:२४ बजे
  • 1.4K
    SHARES
  • नेपाल सरकारलाई जापनबाट स्वास्थ्य सामग्री सहयोग, ६ वटा एम्बुलेन्स पनि दिने

    जापानले नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। बिहीबार जापान सरकारले नेपाललाई स्वास्थ्य सामग्री पठाएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

    images

    मन्त्रालयका अनुसार नेपाललाई १६० अक्सिजन कन्सन्ट्रेटर, २५ ब्लड ग्यास एनालाइजर र २५ अल्ट्रासाउन्ड इमेज डाइग्नोस्टिक सिस्टम दिएको हो।

    त्यस्तै नेपाललाई जापानले एम्बुलेन्स पनि सहयोगस्वरूप दिन लागेको छ। ६ वटा एम्बुलेन्स पछि आउने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ। नेपाल सरकारले सहयोगको लागि जापानलाई धन्यवाद दिएको छ।

    यूएई सरकारले नेपाललाई पठायो १५० वटा भेन्टिलेटर सहयोग

    नेपाललाई कोरोना संक्रमितको उपचारमा सहयोग पुर्याउन संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले १५० वटा भेन्टिलेटर सहितको १२ हजार ४ सय ५० केजीको स्वास्थ्य सामग्री बुधबार नेपाल पठाएको छ ।

    आबुधाबीस्थित नेपाली दूतावासको पहलमा यूएई सरकारले भेन्टिलेटर र अन्य स्वास्थ्य सामग्री पठाएको हो । यूएईको बजारमा एउटा भेन्टिलेटरको मूल्य झन्डै २५ लाख रुपैयाँ पर्न आउँछ ।

    यूएईको विशेष विमानले स्वास्थ्य सामग्री बोकेर बुधबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको थियो । खाडी क्षेत्रमा सरकारी तवरबाट सहयोग पठाउने यूएई पहिलो देश हो ।

    फ्रान्सबाट आयो नेपाल सरकारलाई पठाएको स्वास्थ्य सामाग्री

    पोखरा । कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारलाई फ्रान्स सरकारले आवश्यक स्वास्थ्य सामाग्री पठाएको छ। उक्त सामाग्री स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई नेपालका लागि फ्रान्सका राजदूत फ्रेन्सिस जेभियरले त्रिभुवन विमानस्थलमा हस्तान्तरण गरे।

    फ्रान्सबाट ५ लाख ४ हजार मास्क, २० हजार २२५ एन्टिजेन टेस्ट, १२ हजार प्रोटेक्सन ग्लास लगायतका सामाग्री आइपुगेको नेपालस्थित फ्रान्सको दूतावासले जनाएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology