Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अन्जन र नवयुगको गोलमा नेपालले ताइपेईलाई २ - ० ले हरायो

अन्जन र नवयुगको गोलमा नेपालले ताइपेईलाई २ - ० ले हरायो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २१, २०७८ शुक्रवार • ००:३१:०३ बजे
  • 2.1K
    SHARES
  • अन्जन र नवयुगको गोलमा नेपालले ताइपेईलाई २ - ० ले हरायो

    नेपालले फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरण खेलमा नेपालले दोस्रो जित हात पारेको छ।

    images

    बिहीबार कुवेत सिटीमा भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २-० गोलले पराजित गरेको हो। नेपालको जितमा अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे। खेलको तेस्रो मिनेटमा अन्जनले पेनाल्टीमार्फत गोल गरेका थिए। सन्तोष तामाङको फ्रिकिकमा ताइपेईका खेलाडीले ह्यान्ड गरेपछि नेपालले फ्रिकिक पाएको थियो।

    नेपालका लागि दोस्रो गोल नवयुगले गरे। वैकल्पिक खेलाडी नवयुगले सुमन अर्यालले दिएको पासमा ८१ मिनेटमा गोल गरेका थिए। नवयुग ६९ मिनेटमा सुनील बलको स्थानमा मैदान छिरेका थिए।

    समूह 'बी' मा रहेको नेपालले दोस्रो जित हात पारेको हो। यसअघि नेपालले ताइपेईलाई नै २-० गोलले पराजित गरेको थियो। अब नेपालले छनोटमा जोर्डनसँग जेठ २४ गते र अस्ट्रेलियासँग जेठ २८ गते खेल्नेछ

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology