सलाम छ नेपाली समाज, नेपाली सस्कार र नेपाली धर्मलाई जहा पशुको पनि सम्मान र इज्जत गरिन्छ । पशुको सम्मान गर्ने नागरिक यहि छन । अन्य मुलुकको नागरिकलाई लाग्दो हो, जीब जनवारको समेत धुमधामले सम्मान गर्ने भारतीय उपमाहादिपका नागरिक कति महान होलान ? तर उनिहरुलाई के थाहा, यहा त पशुको मात्र सम्मान गरिन्छ र मानिसलाई मृत्युलाई भन्दा बढि घिणा गरिन्छ । यि देशहरुमा पशुलाई भन्दा बढी अपमान मानिसको गरिन्छ ।
भारतिय उपमाहादिप जहाँका मानिसहरूले हिन्दु धर्म मान्छन ति सबै मुलुकमा मानिस मानिसको नजरमा किरा मटेङ्ग्राको जति पनि मतलब हुदैन । त्यही मुलुकहरु मध्य नेपाल एउटा मुलुक हो । जहा पशुको पुजा हुन्छ तर मानिसलाई घिणाको नजरले हेरिन्छ र अपमानित ब्यबहार गरिन्छ । यहा पशुको धुमधामले पुजा गरिन्छ तर मान्छेलाई पाशबिक शैलीमा मारिन्छ । पशुलाई देबताको रुप मानिन्छ तर मानिसलाई अछुत प्राणिको रुपमा राखिन्छ । पशुलाई सबै बन बस्ती खुल्ला गरिन्छ तर मानिसलाई घर बस्ति र जलबाट बञ्चित गरिन्छ । पशुलाई मन्दिर बनाएर सजाउने काम गरिन्छ तर मान्छेलाई राम्रो ठाउँमा बस्न, मिठो खान र राम्रो लाउनबाट बञ्चित गरिन्छ । ति जिबहरु जसको भब्य सम्मान गरिन्छ ति मध्य आज म सर्प यानिकी नाग देबता र यहाँका मानिस बिच गरिने व्यबहारको बारेमा चर्चा गर्दै छु ।
नाग यानिकी सर्प जङ्गलको सबै भन्दा खतरनाक जीव जसको एक ठोगाई नै कुनै पनि प्राणिको मृत्यु अकाट्य छ । उखाननै छ बिष नभएको सर्प र इख नभएको मान्छेको के काम । यसैबाट थाहा हुन्छ कि बिषको भण्डारको स्रोत भनेकै सर्प हो । जसको एक बुद बिषले कसैको पनि मृत्यु हुन सक्छ । पर्याबरणको लागि सबै जनवारको महत्त्वपूर्ण भुमिका भए जस्तै सर्पको पनि भुमिका अहम होला तर मानब समुदाय लागाएत अन्य जनवारको लागी यो मृत्युको स्रोतहरु मध्य एक हो । त्यही कारण सर्प देख्ने बित्तिकै कुनै पनि प्राणिले आफ्नो अगाडि काललाई देखेको हुनुपर्छ । कालको अर्को नाम बिष हो जुन सर्पसङ्ग छ ।
हिन्दु धर्मले ग्रसितहरुलाई भने सर्प भगवान कै रुप हो । यहा नागको मन्दिर बनाइन्छ तर मान्छेको घर भत्काईन्छ, घर जलाईन्छ । सर्पलाई नाग भगवानको रुपमा पुजा गर्ने चलन यहि छ तर मानिसले कसैको घरको पिडि छोयो, ढोका छोयो, अगेनो छोयो भनेर मान्छे मार्ने चलन पनि यहि छ । अचम्म लाग्छ, यो कस्तो चलन हो ? जुन प्राणी मृत्युको कारण बन्न सक्छ त्यसको यत्रो सम्मान जसले समाज सन्चालन प्रक्रियामा अहम भुमिका खेल्छ त्यसको यत्रो अपमान । के मानबिय गुण भनेको यहि हो ? पशु दोस्ती मान्छेसङ्ग दुस्मन्नी, पशु देबता अनि मानिस दानब । हो यहा यस्तै चलन छ । यसलाई के भन्नु सस्कार या कुसस्कार, हाम्रो भाग्य वा दुर्भाग्य ।
यहा नागलाई बिशेष मान्ने दिन छ जसलाई नाग पन्चमी भनिन्छ । जुन प्रत्येक बर्शको साउन महिनामा पर्ने गर्छ । यो दिन सबै नेपालिले ढोकामा नागको फोटो राखेर धुमधामले पुजा गर्ने चलन छ । पानीको मुलमा कुखुराको भाले बलि दिएर धुमधामले यो दिनलाई चाडको रुपमा मनाउने गरिन्छ । नाग मन्दिर कलस लिएर धाउने चलन छ । तर यहि समाजमा मान्छेले मान्छेलाई छुनै नहुने, देख्नै नहुने सस्कार छ । जुन सस्कारलाई कसरी हेर्ने ? यो सबैको चासोको बिषय बन्नु नितान्त आबश्यक छ ।
सर्प पुजा गर्नुस, काग पुजा गर्नुस, गाई पुजा गर्नुस, कछुवा, माछा जेजे पुजा गर्न मन लाग्छ गर्नुस, यो राम्रै पक्ष हो । तर पशुलाईसम्म यतिका धेरै सम्मान गर्न सक्के हृदय भएका मानिसहरुले मान्छेलाई किन दुस्मनलाई जस्तै घिणा गर्छन? किन अपराधीलाई जस्तै अपमान गर्छन ? किन असामाजिक प्राणीलाई जस्तो हेला र व्यबहार गर्छन ? बुझ्न नसकिएको गाठी कुराको चुरो यहि छ । म त भन्छु, मानिसलाई पनि पशुलाई जस्तै सम्मान गर्न सिक्नुस, मानिसलाई पनि पशुलाई जस्तै माया गर्न सिक्नुस, मान्छेलाई पनि पशुलाई जस्तै आदर र व्यबहार गर्नु पर्छ भन्ने सोच बनाउनुस । अनि मात्र एउटा असल मुलुक बन्ने छ, हाम्रो देश पनि ।
यहा को चलन हेर्दा, मानिसले मान्छेलाई सम्मान गर्नु पर्छ भन्ने सोच किन आएन होला ? यदि मान्छेलाई सम्मान गर्ने सोच मानिसमा आउदैन भने मानिसलाई के को दर्जा दिने पशु वा मानब ? यहाका मानिसलाई हेर्दा मानबको रुप छ तर ब्यबहार पशुको । सङ्गत अनुसारको गुण भने जस्तै सर्पलाई पुजा वा सम्मान गर्दा मलाई यस्तो लाग्छ यहाका मानिसहरु व्यबहारले पशु नै हुन । गाईलाई पुजा गर्दा मलाई यस्तो लाग्छ, यहाका मानिस रुपका मात्र मानिस हुन गुणले पशु नै हुन, कछुवा, काग, कुकुर र अन्य जीब आदिलाई पुजा गर्दा मलाई यस्तो लाग्छ, यहाका सबै मानिस पाशबिक सोच भएका प्राणी मात्र हुन ।
धन्य छ ति मानिसलाई जसले पाशबिक गुण र व्यबहार भएकै कारण मान्छेले मान्छेलाई चिन्न सकेनन, बुझ्न सकेनन । धन्य छ ति मानब जातिलाई जो पशुको मायाजालमा ब्यस्त र मस्त भई मान्छेलाई बेवास्ता गरिरहेका छन । धन्य छ ति मानिसलाई, जसले मानिसले लाएको गुन र व्यबहारलाई भुली रहेका र मानिसले दिएको मायालाई बिर्सिरहेका छन ।
बिभिन्न देशका मानिसहरु जसले सर्पलाई डिनरको महत्वपूर्ण हिस्सा बनाउछन, गाईलाई खानाको स्वादिष्ट परिकार बनाउछन, कुकुरलाई सम्मानित खानाको रुपमा टक्र्याउछन ति देशका नागरिकहरु अहिले बिकासको उच्चतम बिन्दुमा पुगेका छन । तर तिनै जिबलाई पुजा गर्ने देशका नागरिक खानै नपाएर आत्महत्या गरिरहेका छन । तिनै पशु खानेको देशमा जान मरिहत्ते गरिरहेका छन । तिनै पशुलाई डिनर बनाउनेको गुलामी गरेर आफ्ना लालाबाला पालिरहेका छन भने ति पशुलाई सम्मान गर्नेहरु लाउनै नपाएर फाटेको कपडा लाएर बस्न बाध्य छन, बस्नै नपाएर जङ्गलको गुफाको सहारा लिन बिबस छन । यस्तै यस्तै कुरा यहाका नागरिकले कहिले बुझ्ने ? र यो मुलुकको उन्नति प्रगती कहिले हुने ?
यस्तो पाशबिक सस्कार कसरी सस्कार बन्यो । यसको मुल जड के हो ? किन मानीस मान्छेसङ्ग मिल्दैनन ? किन मानिसलाई पशुको भन्दा तल्लो व्यबहार गर्न सिकाइयो ? यि सबै कुरा को चुरो के हो ? बुझ्नु आबश्यक छ भन्दै सर्पको मात्र होइन मानिसको पनि सम्मान गर्न जरुरी छ ।