Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोनाको तेस्रो र चौथो लहरको स्वास्थ्य मन्त्रालयले दियो चेतावनी :२० बेड बालबालिकाको लागि छुट्याउन अस्पतालहरुलाई निर्देशन

कोरोनाको तेस्रो र चौथो लहरको स्वास्थ्य मन्त्रालयले दियो चेतावनी :२० बेड बालबालिकाको लागि छुट्याउन अस्पतालहरुलाई निर्देशन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २१, २०७८ शुक्रवार • १८:०२:०७ बजे
  • 1.1K
    SHARES
  • कोरोनाको तेस्रो र चौथो लहरको स्वास्थ्य मन्त्रालयले दियो चेतावनी :२० बेड बालबालिकाको लागि छुट्याउन अस्पतालहरुलाई निर्देशन

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो र चौथो लहरमा बालबालिका बढी संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सोअनुसार तयारी गर्न सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले आफ्नो स्वीकृत शैयाको कम्तिमा २० प्रतिशत शैया कोभिड–१९ संक्रमित बालबालिहरुको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न अनुरोध गरेको हो ।महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ‘प्रथम लहर र दोस्रो लहर अत्याधिक मात्रामा प्रौढ र युवाहरु संक्रमित भएको हुँदा व्यवस्थापन सम्बन्धी तयारी प्रौढ र युवा लक्षित मात्र हुन पुगेको छ । दोस्रो लहर जस्तै पुनः तेस्रो, चौथो लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने अवस्थालाई मध्य नजर गर्दै आफ्नो स्वीकृति शैयाको कम्तिमा कम्तिमा २० प्रतिशत शैया कोभिड–१९ संक्रमित बालबालिहरुको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न अनुरोध छ । साथै वैकल्पिक अक्सिजनको व्यवस्थापन समेत गर्नुहुन अनुरोध छ ।’

    images

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology