Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ब्राजिलको अपराजित यात्रा जारी, इक्वेडरमाथि २-० गोल अन्तरको सहज जित

ब्राजिलको अपराजित यात्रा जारी, इक्वेडरमाथि २-० गोल अन्तरको सहज जित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २२, २०७८ शनिवार • १५:४१:४४ बजे
  • 1.0K
    SHARES
  • ब्राजिलको अपराजित यात्रा जारी, इक्वेडरमाथि २-० गोल अन्तरको सहज जित

    पोखरा । विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोट अन्तर्गत शनिबार बिहान भएको खेलमा ब्राजिल विजयी भएको छ । ब्राजिलले आफ्नो विजयी यात्रालाई पाँचौँ खेलसम्म पनि जारी राख्ने क्रममा इक्वेडरमाथि २-० गोल अन्तरको सहज जित दर्ता गरेको हो ।

    images

    खेलको ६५औँ मिनेटमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए उनले नेइमारको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् । थप गरिएको समयमा नेइमारले पेनाल्टी मार्फत गोल गरे । सोही गोलसँगै ब्राजिलले २–० गोल अन्तरको जित निकाल्यो । इक्वेडरका खेलाडीले डि बक्सभित्र फाउल गरेपछि रेफ्रीले भिएआरको मद्दतमा ब्राजिललाई पेनाल्टीको अवसर दिएका थिए ।

    छनोटमा शतप्रतिशत जित दर्ता गरेको ब्राजिल ५ खेलबाट १५ अंकका साथ शीर्ष स्थानमा कायम रहँदा इक्वेडर समान खेलबाट ९ अंक जोड्दै तेस्रो स्थानमा छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology