Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बेनीका जनप्रतिनिधी र कर्मचारीले आर्थिक स्रोत जुटाएर अस्पताललाई अक्सिजन कन्सनट्रेटर सहयोग

बेनीका जनप्रतिनिधी र कर्मचारीले आर्थिक स्रोत जुटाएर अस्पताललाई अक्सिजन कन्सनट्रेटर सहयोग

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २२, २०७८ शनिवार • १९:१६:१९ बजे
  • 1.7K
    SHARES
  • बेनीका जनप्रतिनिधी र कर्मचारीले आर्थिक स्रोत जुटाएर अस्पताललाई अक्सिजन कन्सनट्रेटर सहयोग

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीले आर्थिक स्रोत जुटाएर अस्पताललाई अक्सिजन कन्सनट्रेटर उपलब्ध गराएका छन् । जनप्रतिनिधीले पाउने सुविधाबाट आधा महिनाको रकम र कर्मचारीले स्वेच्छिक नगद सङ्कलन गरेर जुटाएको रकमबाट छ थान अक्सिजन कन्सनट्रेटर खरिद गरेर बेनी अस्पताललाई उपलब्ध गराएका हुन ।

    images

    नगर उपप्रमुख सञ्जु बरुवाल र प्रमुख प्रशासकीय अधिकृत छबीलाल सुवेदीले शुक्रबार बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई कन्सनट्रेटर हस्तान्तरण गर्नुभयो । कोरोना भाइरसबाट सङ्क्रमित भएकाको उपचारका लागि प्रयोग गरिने कन्सनट्रेटर महामारी पछि स्वास प्रस्वास सम्बन्धी समस्या भएका अन्य रोगका बिरामीको उपचारमा उपयोग गरिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालले बताउनुभयो ।

    प्रमुख प्रशासकीय अधिकृत सुबेदीले जनप्रतिनिधी र कर्मचारीहरुबाट सङ्कलित रकमबाट रु। चार लाख ८० हजार खर्चेर प्रति मिनेट पाँच लिटर क्षमताको अक्सिजन कन्सनट्रेटर खरिद गरेर अस्पताललाई उपलब्ध गराइएको बताउनुभयो ।

    अस्पताललाई आवश्यक पर्ने थप स्वास्थ्य उपकरण पनि उपलब्ध गराइने उहाँले बताउनुभयो । नगरपालिकाले अस्पतालमा बीस शय्या क्षमताको आइसोलेसन स्थापना गर्न करिब रु। सात लाख खर्च गरेको छ । माउन्ट एभरेष्ट आवासीय माविको पुरानो भवनमा प्रिआइसोलेसन सञ्चालन, टोल टोलमा पुगेर लक्षण देखिएकाको स्वाब नमूना सङ्कलन र एन्टिेजेन परिक्षण, सङ्क्रमितलाई अस्पताल र स्वास्थ्य संस्था पुग्न तथा घर फर्कन निःशुल्क गाडीको ब्यवस्था मिलाइएको छ । होम आइसोलेसनमा बसेका सङ्क्रमितको अवस्था बुझ्न, मनोबल बढाउन र जनचेतना अभिवृद्धिका लागि स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुको टोलीले घरदैलो गरेका छन् ।

    यसैगरी माउन्ट हर्ट नेपाल संस्थाले शुक्रबार म्याग्दीको मालिका गाउँपालिकालाई रु। १२ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाको पहलमा सो सामग्री सहयोग प्राप्त भएको हो । त्यसमा सात थान अक्सिजन कन्सन्ट्रेटर, सात थान भोल्टेज रेगुलेटर लगायत सामग्री छन् । माउन्ट हर्ट नेपालले यसअघि बिहिबार मुस्ताङको जोमसोम अस्पताल र पाँच वटा स्थानीय तहलाई दुईदुई वटाका दरले अक्सिजन कन्सन्ट्रेटर उपकरण लगायत स्वास्थ्य उपकरण सहयोग गरेको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology