Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

फेरि बढ्यो इन्धनको भाउ, पेट्रोलको मूल्य १२५ रुपैयाँ

फेरि बढ्यो इन्धनको भाउ, पेट्रोलको मूल्य १२५ रुपैयाँ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २२, २०७८ शनिवार • २२:५०:३१ बजे
  • 2.4K
    SHARES
  • फेरि बढ्यो इन्धनको भाउ, पेट्रोलको मूल्य १२५ रुपैयाँ

    पोखरा । निषेधाज्ञाकै बीचमा नेपाल आयल निगमले फेरी प्रेटोलियम पदार्थको मूल्य बढाएको छ ।

    images

    निगमका अनुसार प्रेटोल,डिजेल,मट्टितेल र हवाई इन्द्गन तर्फ प्रति लिटर दुई रुपैयाको दरले मूल्य बढेको हो । मूल्य वृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजल तथा मट्टीतेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुगेको निगमले जनाएको छ । निषेधाज्ञाकै बीचमा गत जेठ दुई गते पनि निगमले इन्धनको मूल्य वृद्धि गरेको थियो ।

    स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार शनिबार राति १२ बजेबाट लागू हुने गरी बढेको भाउ कायम हुने र उक्त मूल्य समायोजनपछि पनि निगमलाई घाटा रहेको निगमका प्रवक्ता विनितमणि उपध्यायले बताए ।

    मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा ५ रुपैयाँ ३२ पैसा, डिजल तथा मट्टीतेलमा ३ रुपैयाँ १७ पैसा र खाना पकाउने ग्याँसमा २५८ रुपैयाँ ४६ पैसा प्रतिसिलिण्डर घाटा रहेको उनको भनाइ छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology