Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विप्लवलाई पूर्वकमाण्डरको पत्र– हामी जीवित लाश बन्ने कहिलेसम्म ?

विप्लवलाई पूर्वकमाण्डरको पत्र– हामी जीवित लाश बन्ने कहिलेसम्म ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १०, २०७७ शनिवार • १९:४९:२३ बजे
  • 2.3K
    SHARES
  • विप्लवलाई पूर्वकमाण्डरको पत्र– हामी जीवित लाश बन्ने कहिलेसम्म ?

    जनमुक्ति सेनाका पूर्व बटालियन कमाण्डर जीतमान पुन ‘मार्शल’ले नेकपाका अध्यक्ष नेत्रविक्र चन्द ‘विप्लव’लाई पत्र लेख्दै क्रान्तिकोअवमूल्यन भइरहेको प्रति प्रश्न उठाउनुभएको छ । हिजो हजारौंले रगत बगाएर ल्याएको राजनीतिक परिवर्तनको उपभोग वास्तविकजनताले गर्न नपाएकोमा पनि उहाँले चिन्ता व्यक्त गर्नुभएको छ ।

    images

    प्रस्तुत छ– विप्लवलाई लेखेको मार्शलको पत्र–

    कमरेड विप्लव
    नमस्कार । (लाल सलाम) गर्ने हैसियत अहिले मसित छैन । जहाँ रहनुस्, मानसिक र शारीरिक दुबै हिसावले सःकुशल हुनुहुनेछ , कामनार बिश्वास । जीवित रहँदारहदै पनि पलपल मरिरहनुपर्ने यो कायरतापुर्ण जीवनका वस्तविकता बीचबाट जीवित लाशको दुई शब्दतपाईसम्म अबश्य पुग्नेछन, म बिश्वसत छु ।

    कमरेड !
    बाहादुरीपुर्वक मृत्युलाई लल्लकार्दै बाँच्नु र शीर झुकाएर बाँच्नु बीचको अन्तरलाई भोग्ने सौभाग्य या दुर्भाग्या मिल्यो । जीवन जिउनकायी दुई बाटोमा पहिलो बाटो नै सही । तर, कहाँबाट कसरी फेरि के हुन्छ ? यी यस्तै प्रशनहरुको गोलचक्करबीच उभिएको छु ।

    कमरेड !
    आज निस्वार्थ प्रेम गर्नेहरु पाश्विक ढंंगले मारिन्छन । निर्मतापूर्वक श्रीमतीको हत्या गर्नेहरु उन्मुक्ति पाउँछन । गैँडा मार्नेतस्करहरु तारे होतेलहरुमा शासकहरुसित लन्च र डिनर गरिरहँदा प्राण धान्न जंगल पसेको चेपाङ मारिन्छ । दशगजामा टाउको फुटाउनेमधेशीहरु धोती र भारतिय एजेन्ट भनेर अपहेलित छन, देशको भुभाग बेचेर सत्ता र सम्पति आर्जन गर्नेहरु रातारात राष्ट्रवादी भएकाछन ।

    कमरेड !
    आँखै अगाडिका यी दृश्यहरु तर चुपचाप शालिकझैँ बस्नु पर्ने म । के म चेतनशील प्राणी हुँ ? के जिउनु को अर्थ यही हो?बडेमाको घनलेटाउकोमा हिर्काएझैँ ठोकिरहन्छन यी प्रशनहरु ।कमरेड ! यी मेरो जिज्ञासा र छटपटीबाट छिट्टै मुक्त हुनेछु भन्ने बिश्वासका साथ बिदा ।

    तपाइले जाने बुझेको– मार्शल

  • सम्बन्धित विषय:

  • # विचार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology