Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जोर्डन बिरुद्ध आक्रामक फुटवल खेल्ने तयारीमा नेपाल

जोर्डन बिरुद्ध आक्रामक फुटवल खेल्ने तयारीमा नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २४, २०७८ सोमवार • १०:३६:५० बजे
  • 1.8K
    SHARES
  • जोर्डन बिरुद्ध आक्रामक फुटवल खेल्ने तयारीमा नेपाल

    नेपालको तुलनामा बलियो र फिया र्याक्कींगमा पनि निकै माथिल्लो स्तरको टोली जोर्डन बिरुद्ध अहिले सम्म खेलिएका तीन खेलमा नेपाल दुईमा हार र एकमा बराबरी खेलेको छ । विश्वकप छनौटकै लागि दश वर्ष अघि भएको खेलमा घरेलु मैदान अम्मानमा जोर्डनले नेपाललाई नौ शुन्यले धराशायी बनाएको थियो । तर त्यही बलियो टिम जोर्डनलाई नेपालले दशरथ रंगशालामा एक एकको बराबरीमा रोकेर देखायो त्यो पनि पाँच दिन भित्रैमा ।

    images

    त्यस पछि सन् २०२२ कै विश्वकप छनौटको सिलसिलामा अम्मानमै यस अघि भएको खेलमा नेपालले पहिलो हाफ् गोल रहित बराबरीमा रोक्दै दोस्रो हाफ्मा तीन गोल व्यहोरेर पराजीत भएको थियो । नेपालले नयाँ कोच पाएको छ अब्दुल्लाह अलमुताईरी । उनी टिमका लागि उत्साह भर्ने, नयाँ रणनीति बनाउने कुरामा अग्रसर देखिए । उनले टिमलाई आक्रामक फुटवल खेल्न सिकाईरहेका छन् । जोर्डनसँग पनि चार चार तीनको रणनीति अवलम्बन गर्ने सभावना छ । उनले जोर्डन बिरुद्ध जीत्दै एशिया कप छनौट चरणमा जाने आफ्नो लक्ष्य प्रिम्याच कन्फेरेन्समा बताईसकेका छन् ।

    नेपालले जोर्डन बिरुद्ध आज राति पौने १० बजे कुवेतमा खेल्दै छ । चाइनिज ताइपेईविरुद्ध दुई जितसँगै ६ अंक जोडेको नेपाल छनोटको समूह बी मा चौथो स्थानमा छ । शीर्ष स्थानको अष्ट्रेलिया अपराजीत रहँदै १५ अंक जोडेको छ । जोर्डन र कुवेतको समान नौ अंक रहेको छ । एसियन कपको तेस्रो चरणमा प्रवेश गर्न नेपालका लागि जोर्डनविरुद्ध सोमबार हुने खेल महत्त्वपूर्ण छ । कुवेत सिटीस्थित जाबेर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा ३ अंक जोड्न सके तेस्रो चरणमा पुग्ने नेपालको सम्भावना बढ्नेछ ।

    समूहका शीर्ष टिम र दोस्रो हुनेमध्ये उत्कृष्ट चार गरी १२ टिम विश्वकप छनोटको तेस्रो चरणसँगै एसियन कपमा पुग्नेछन् । दोस्रो हुनेमध्ये तलका चार टिम, तेस्रो हुने आठ टिम र चौथो हुनेमध्ये उत्कृष्ट चार गरी १६ टिमले एसियन कप छनोटको तेस्रो चरणमा स्थान सुरक्षित गर्नेछन् । नेपाललाई समूहमा तेस्रो भएर सिधै एसियन कप छनोटको अर्को चरणमा पुग्ने अवसर पनि छ । त्यसको लागि जोर्डन र अस्ट्रेलियालाई पराजित गरेरमात्रै पुग्दैन, कुवेत र जोर्डनका बाँकी खेलको नतिजा पनि नेपालकै अनुकूल आउनुपर्छ । त्यसैले तेस्रो हुने नेपालको सम्भावना गणितीय रूपमा मात्रै बाँकी छ ।

    छनोटका आठ वटा समूहका चौथो स्थानमा रहनेमध्ये उत्कृष्ट चारमा रहने टिमले मात्रै एसियन कपको तेस्रो चरणमा प्रवेश पाउनेछन् । छनोटको बीचबाटै उत्तर कोरियाले नाम फिर्ता लिएकाले पाँचौं हुने टिमसँगको नतिजा वरीयतामा (चौथो हुनेमध्ये उत्कृष्ट चारको छनोट) गणना हुने छैन । यसमा पर्न नसके नेपालले एसियन कपमा छनोटमा कयमै रहन प्लेअफमा सफलता हासिल गर्नुपर्नेछ । प्लेअफबाट आठ टिम तेस्रो चरणको छनोटमा पुग्नेछन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology