Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा १२ जना सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

पोखरामा १२ जना सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २४, २०७८ सोमवार • १९:२८:१४ बजे
  • 988
    SHARES
  • पोखरामा १२ जना सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

    पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १७ जनाको मृत्यु भएको हो ।

    images

    गण्डकी प्रदेशमा विभिन्न जिल्लामा १७ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा।विनोदबिन्दु शर्माले जनाकारी दिए ।

    उनका अनुसार कास्कीमा ६, नवलपरासी पूर्व ४, पर्वतमा २, स्याङजा १, तनहुँ १,लमजुङ १ बागलुङ १ र म्याग्दीमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पोखरा–१ का ९७ बर्षिय पुरुष,, पोखरा–१५ की ३५ बर्षिय महिला, पोखरा–१७ का ५६ बर्षिय पुरुष, पोखरा–१५ का ७० बर्षिय पुरुष, पोखरा–२२ का ४८ बर्षिय पुरुष र पोखरा–१७ का ५६ बर्षिय पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ ।

    त्यसैगरी पर्वतको कुस्मा–१० क ७२ बर्षिय पुरुष, बिहादी –७ की ८० बर्षिय महिला, स्याङजाको पुतलीबजार–१० का ७० बर्षिय पुरुष, तनहुँ शुक्लागण्डकी–४ का ४३ बर्षिय पुरुष, नवलपरासीको विनय त्रिवेणी –५ का ३६ बर्षिय पुरुष, विनय त्रिवेणी –२ का ७८ बर्षिय पुरुष, विनय त्रिवेणी –२ की ४५ बर्षिय महिला र विनय त्रिवेणी –१ का ३८ बर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । त्यस्तै म्याग्दी जलजला–१ की ५२ बर्षिय महिला,बागलुङको तमानखोला–३ का ६३ बर्षिय पुरुष र लमजुङको बेशीसहर–६ की ६५ बर्षिय कोरोना संक्रमित महिलाको उपचारको क्रममा निधन भएको छ ।

    यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७७९ पुगेको छ ।

    194544412_321621399345644_6442459290650636593_n.jpg

    198278893_321621372678980_2297914912441784576_n.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology