Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेपाल जोर्डनसँग ३-० गोल अन्तरले पराजित

नेपाल जोर्डनसँग ३-० गोल अन्तरले पराजित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २५, २०७८ मंगलवार • १३:००:१७ बजे
  • 1.1K
    SHARES
  • नेपाल जोर्डनसँग  ३-० गोल अन्तरले पराजित

    पोखरा । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । गएराति कुवेत सिटीमा भएको खेलमा नेपाल जोर्डनसँग ३-० गोल अन्तरले पराजित भएको हो ।

    images

    जोर्डनको जितमा फैसनले दुई गोल गरे भने एक गोल अबोउ अल अरबले थपे । जोर्डनले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा दुई गोल गर्याे । खेलको २३ औँ मिनेटमा गोल गर्दै जोर्डनले अग्रता लिएको थियो । उसकाे लागि फैसनले पेनाल्टीमार्फत गोल गरेका थिए । रोहित चन्दले जोर्डनका खेलाडीलाई लडाएपछि पेनाल्टी दिइएको थियो।

    खेलको ४८ औँ मिनेटमा फैसनले नै गोल गर्दै अग्रता दोब्बर बनाए । उनले हानेको फ्रिकिक सिधैं जाली चुमेको थियो । खेलकाे ६७ औँ मिनेटमा अरबले गाेल गर्दै जाेर्डनकाे अग्रता ३-० बनाए । समूह ‘बी’ मा रहेको नेपालले ६ अंक जोडेर चौथो स्थानमा छ ।

    जोर्डन १३ अंक जोडेर अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको अस्ट्रेलियाको १५ अंक छ। अब नेपालले अन्तिम खेल खेल्न बाँकी छ । नेपालले समूहको आफ्नो अन्तिम खेल जेठ २८ गते अस्ट्रेलियासँग खेल्नेछ। सोमबार जोर्डनसँगै पराजित भएसँगै नेपाल एसियन कपको तेस्रो चरणमा सिधैं पुग्ने सम्भावना लगभग सकिएको छ।

    यद्यपी नेपाललाई प्लेअफबाट तेस्रो चरणमा पुग्ने अवसर भने बाँकी छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology