पोखरा । पछिल्लो २४ घण्टामा देश भर थप ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको पिसिआर र ४ हजार ५६८ जनाको एन्टिजेन विधिबाट नमुना परीक्षण गरिएको हो।
त्यस्तै यस अवधिमा ५ हजार ७६८ जना कोरोनाबाट मुक्त भएका छन्। पछिल्लो २४ घण्टामा मृतक ८१ जनामा कोरोना पुष्टि भएको छ। देशभर हालसम्म कोरोनाबाट ८ हजार १७९ जनाको मृत्यु भएको छ। देशभर ८० हजार ३३६ जना सक्रिय संक्रमित छन्।
देशभर निको हुनेको दर ८५.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा बुधबार ९१५ जना संक्रमित थपिएका छन्। जसमा भक्तपुरमा ८५, ललितपुरमा १५१ र काठमाडौं जिल्लामा ६७९ जना थपिएका छन्।
मन्त्रालयका अनुसार ४६ जिल्लामा ५–५ सयभन्दा धेरै संक्रमित छन्। संक्रमितमध्ये २१ देखि ५० वर्षको उमेर समूह उच्च रहेको मन्त्रालयले जनाएको छ।