Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दोस्रो वर्षमा यात्रा आरम्भ

मयूरपाटीको दोस्रो वर्षमा यात्रा आरम्भ.......

मयूरपाटीको दोस्रो वर्षमा यात्रा आरम्भ.......

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २७, २०७८ बिहिवार • १४:४२:३७ बजे
  • 2.1K
    SHARES
  • मयूरपाटीको दोस्रो वर्षमा यात्रा आरम्भ.......

    समाचार पोर्टल मयूरपाटी डटकम आजदेखि पहिलो बर्षको यात्रा पूरा गरेर दोस्रो बर्षमा प्रवेश भएको खबर सुनाउन पाउँदा हामीले आफूलाई गौरवान्वित महसुस गरेका छौं । यस अवसरमा सम्पूर्ण पाठक, समाचार श्रोत, लेखक, विज्ञापनदाता, शुभेच्छुक सबै सबैप्रति हामी हार्दिक आभार प्रकट गर्दछौं ।

    images

    मयूरपाटी डटकमको लोकप्रियता र प्रतिष्ठा कायम राख्न र अझ उचाइमा पु¥याउनका साथै निरन्तर्ताको लागी सम्पूर्ण पाठक, समाचार श्रोत, लेखक, विज्ञापनदाता, शुभेच्छुकबाट निरन्तर साथ, सहयोग र समर्थनको अपेक्षा गर्दछौँ । छिनछिनका ताजा समाचार, सामाजिक राजनैतिक ,शिक्षा, विज्ञानप्रविधि, साँस्कृतिक गतिविधि, जीवनशैली, स्वास्थ्य, खेलकूद, मनोरञ्जन र साहित्यसँग सम्बन्धित सामग्रीहरु अनि सामयिक विचार र अन्तरसंवाद हामीले पाठकसमक्ष पस्कँदै आएका छौं । आगामी दिनमा खोजमूलक रिपोर्टहरुपनि पस्कने प्रतिबद्धता जाहेर गर्छौ।

    यो पहिलो बर्षको अवधिमा मिडिया हाउस स्थापना भए लगतै कोरोना महामारीबाट हामी पनि उपेक्षित हुन सकेनौ । गण्डकी प्रदेशको हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा हाम्रो केन्द्रीय कार्यालय रहेको छ भने विभिन्न देशहरुमा प्रतिनिधिहरु रहेका छन । अन्य केही जिल्लाहरुमा पनि आगामी आर्थिक बर्षमा प्रतिनिधिहरु जोडिदै लाने छौ ।

    सबैलाई थाहा भएकै विषय हो, कोभिड–१९ को महामारीका कारण सबै क्षेत्रका उद्योग व्यवसायहरु धराशयी बनेको अवस्था छ । यसको असर मिडिया उद्योगहरुमा पनि स्वाभाविकरुपमा परेकै छ । कयौं पत्रिकाहरु बन्द भएका छन् भने पत्रकारहरू बेरोजगार बन्नुपर्ने अवस्था छ । तथापि हामीले कोरोनाको पहिलो लहरलाई सहजै जित्यौं । यो दोस्रो लहरको पनि हामी यसैगरी सामना गर्न र आम पाठकहरुको सेवामा अहोरात्र योगदान गर्न सक्षम छौं भन्ने सबैमा विश्वास दिलाउन चाहन्छौं । पहिलो वर्षको यात्रामा हामीले मयुरपाटीलाई जुन ठाउँमा ल्याएका छौं, हामी यत्तिमै सन्तुष्ट छैनौं । समाचार सामग्रीहरुको विविधता एवं थप व्यवसायिक र स्तरीय बनाउँदै जाने हाम्रो लक्ष्य रहेको छ ।

    हाम्रो मुख्य दायित्व आवाजहीन आम नागरिकको हक–अधिकारको रक्षा गर्नु र सार्वजनिक ओहोदाधारी वडा सदस्यदेखि मुख्य मन्त्री, प्रधानमन्त्री एवम् राष्ट्रपतिसम्मलाई आफ्नो कर्तव्यप्रति सजग, सक्रिय र जिम्मेवार तुल्याउनु हो । नागरिकले तिरेको करबाट पालिएका जङ्गी हुन् कि निजामती कर्मचारी, आ–आफ्नो कर्तव्य र जिम्मेवारीमा इमान र लगनका साथ क्रियाशील हुन नचुकुन् भनेर हामी खबरदारी गर्छौँ ।आगामी दिनमा मयुरपाटीलाई अझै लोकप्रिय, परिस्कृत, भरपर्दो एवं विश्वसनीय मूलप्रवाहको अनलाइन सञ्चार माध्यमका रुपमा विकसित गर्ने हाम्रो अभियानमा सम्पूर्ण पाठक, समाचार श्रोत, लेखक, विज्ञापनदाता एवं शुभेच्छुकहरुको निरन्तर सहयोग र पृष्ठपोषणको अपेक्षा गर्दछौं ।

    मयुरपाटी मिडिया प्रा.लि

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology