Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

युरोपियन च्याम्पियनसिपको नयाँ संस्करण आजदेखि सुरु हुँदै,इटली र टर्की भिड्दै

युरोपियन च्याम्पियनसिपको नयाँ संस्करण आजदेखि सुरु हुँदै,इटली र टर्की भिड्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २८, २०७८ शुक्रवार • ०९:१०:५४ बजे
  • 1.3K
    SHARES
  • युरोपियन च्याम्पियनसिपको नयाँ संस्करण आजदेखि सुरु हुँदै,इटली र टर्की भिड्दै

    मिनी विश्वकप भनिने गरेको युरोपियन च्याम्पियनसिपको नयाँ संस्करण आजदेखि सुरु हुँदैछ । अघिल्लो वर्ष आयोजना हुनुपर्ने यो प्रतियोगिता कोरोना महामारीका कारण एक वर्ष सरेको हो । युरोपका २४ टोलीबीचको प्रतिस्पर्धालाई फिफा विश्वकपपछिको रोमान्चक फुटबलका रुपमा लिने गरिएको छ ।

    images

    यो प्रतियोगिता पहिलोपल्छ विभिन्न १२ देशमा आयोजना हुँदैछ । उद्घाटन इटलीको रोमस्थित ओलम्पिक रंगशालामा हुनेछ भने समापन इंग्ल्याण्डको वेम्वलीमा हुनेछ । आजको उद्घाटन खेलमा इटली र टर्की आमने सामने हुँदैछन् । सन् २०१२ को फाइनल खेलेको इटली त्यसअघि सन् १९६८ को आफ्नो पहिलो सहभागितामै विजेता बनेको थियो ।

    इटलीले अहिलेसम्म ९ पल्ट युरो खेलेको छ । टर्कीको भने त्यति लामो इतिहास छैन । सन् १९९६ देखि मात्रै उसले युरो खेल्न पाएको हो भने सन् २००८ मा सेमिफाइनलसम्म पुगेको थियो । टर्कीले अहिलेसम्म पाँचपल्ट युरो खेलेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology