प्रहरी प्रधान कार्यालयमा कार्यरत चार प्रहरीमा कोरोना भाइरसको संक्रमण भएको छ । सवारी व्यवस्थापन शाखामा कार्यरत एक हवल्दार र सञ्चार निर्देशनालयमा कार्यरत तीन प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रहरी स्रोतले थप अन्यमा पनि कोरोना भएको आशंका गरिएको जानकारी दिएको छ ।
हवल्दारको सम्पर्कमा आएका झण्डै २० जनाको पिसिआर परीक्षणका लागि पठाइको छ । कोरोनासँग मिल्दो लक्षण देखिएपछि पिसिआर परीक्षण गरिएको र चारजनामा कोरोना पुष्टि भएको स्रोतले बताएको छ ।
प्रहरी प्रवक्ता डिआइजी नीरज शाहीले यस बारेमा स्वास्थ्य मन्त्रालयले जानकारी दिने बताएका छन् । उनले अहिलेसम्म देशभर १ सय १५ जना प्रहरीमा कोरोना संक्रमण भएको र धेरैजसो निको भइसकेको जानकारी दिए ।