Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जुम्लाको मिचागाउँमा कोरोना सङ्क्रमित बढेपछि सील

जुम्लाको मिचागाउँमा कोरोना सङ्क्रमित बढेपछि सील

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २९, २०७८ शनिवार • ११:३७:४७ बजे
  • 1.1K
    SHARES
  • जुम्लाको मिचागाउँमा कोरोना सङ्क्रमित बढेपछि सील

    जुम्ला – जुम्लाको चन्दननाथ नगरपालिका – ७ खलङ्गा बजारसँग जोडिएको मिचागाउँमा कोरोना सङ्क्रमित बढेपछि सील गरिएको छ। जिल्ला प्रशासन कार्यालयले सुरक्षा समितिको बैठक निर्णय अनुसार शुक्रबार बेलुका देखि सिल गरेको हो।

    images

    चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार मिचागाउँमा १९ जना सङ्क्रमित छन्। त्यस्तै महत गाउँमा ६ जना सङ्क्रमति रहेका छन्। सबैलाई संस्थागत आइसोलेसनमा बस्न आग्रह गरे पनि नमानेपछि होम आइसोलेसनमा सुरक्षित बस्न आग्रह गरिएको र स्वास्थ्य सुरक्षा सामग्री घरमै पुर्‍याएको महतले बताए।

    स्थानीय विजय रावलका अनुसार कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गर्नुका साथै सङ्क्रमित व्यक्तिहरुको निगरानी गर्दै सुरक्षा मापदण्ड अपनाउन सुझाइएको छ। यस्तै यसअघि तातोपानी गाउँपालिका – १ राकागाउँ र सोही गाउँपालिकाको – ६ रावतवाडा गाउँ पनि सील गरी कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने प्रयास गरिएको थियो।

    सङ्क्रमितहरुको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ नहुन्जेलसम्म गाउँ नै सिल गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए। वैशाखदेखि यता जुम्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५८९ पुगेको छ। यस्तै सङ्क्रमण मुक्त भएको सङ्ख्या ३३२ रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ।

    सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ भने २९ जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसन कक्षामा उपचाररत छन्।रासस

  • सम्बन्धित विषय:

  • # सील
  • # रासस
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology