Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँमा खोप लगाउन जाँदा ‘छैन’ भनेर फिर्ता पठाइयो

तनहुँमा खोप लगाउन जाँदा ‘छैन’ भनेर फिर्ता पठाइयो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २९, २०७८ शनिवार • ११:४१:०० बजे
  • 1.0K
    SHARES
  • तनहुँमा खोप लगाउन जाँदा ‘छैन’ भनेर फिर्ता पठाइयो

    दमौली। तनहुँको भानु नगरपालिका–११ रुपाकोटमा लक्षित समूहले कोभिडविरुद्धको खोप नपाएको गुनासो गरेका छन्। ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई सञ्चालन गरिएको भेरोसेल खोप लक्षित समूहले नपाएको स्थानीयले गुनासो गरेका हुन्।

    images

    स्थानीयवासी रमेश अधिकारीले आफ्ना बाबुलाई खोप लगाउन जाँदा स्वास्थ्यकर्मीले सकियो भनेर फिर्ता पठाएको बताए। ‘बुबा ६४ वर्षको हुनुभयो, खोप लगाउन जाँदा त छैन भनेर फिर्ता पठाए’, उनले भने, ‘लक्षित समूहकै नागरिकले खोप लगाउन नपाउने?’ उनले रुपाकोट स्वास्थ्यचौकी इन्चार्जले आफ्ना चिनेजानेका व्यक्तिलाई खोप लगाइदिएको आरोप लगाए।

    स्वास्थ्यचौकी इन्चार्ज शिवप्रसाद ढुंगानाले स्वास्थ्यचौकीबाट ६४ जनालाई खोप लगाइएको जानकारी दिए। खोप लगाउन १२ बजेसम्म कुर्दा कोही पनि नआएपछि खोप बिग्रन सक्ने भएकाले वडाध्यक्षको निर्देशनबमोजिम ६० वर्षभन्दा माथि उमेर समूहका व्यक्तिलाई खोप लगाइएको उनले बताए। ‘६४ वर्षभन्दा कम उमेर समूहका नागरिकलाई अहिले लगाउन मिल्दैन भनेर फिर्ता पनि पठाएका हौँ, आएको भ्याक्सिन फिर्ता नगर्ने भनेर वडाध्यक्षले भन्नुभयो’, उनले भने, ‘स्थानीय सरकारका वडा प्रमुखले भनिसकेपछि खोप बिग्रन दिन मन लागेन।’ उनका अनुसार १२ बजेपछि केही व्यक्ति आएर खोप लगाउनुपर्छ भन्दै दुव्र्यवहारसमेत भएको छ।

    ‘ममाथि हातपात पनि भएको छ, झगडा गर्न आए’, उनले भने, ‘कोल्डचेन व्यवस्थापन नहुँदा दिनभर राख्दा खोप बिग्रन सक्थ्यो, यदि त्यस्तो भए फेरि मैमाथि गाल पर्थ्यो।’ वडाध्यक्षकै मौखिक निर्देशनमा लक्षित समूहबाहेक क्याम्पस प्रमुख, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सदस्यलाई भने खोप लगाएको उनले स्विकारे। रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology