Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विच्याटमा लाइभ गर्दा नाक कोट्याउन नपाइने

विच्याटमा लाइभ गर्दा नाक कोट्याउन नपाइने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३०, २०७८ आइतवार • १९:१७:४२ बजे
  • 877
    SHARES
  • विच्याटमा लाइभ गर्दा नाक कोट्याउन नपाइने

    रोयटर्स / चिनियाँ सोसल मिडिया प्लेटफर्म विच्याटले आफ्नो लाइभ स्ट्रिमिङ सर्भिसलाई स्वस्थ बनाउने भन्दै अनौठो खालका नयाँ नियमहरु लागू गरेको छ । विच्याटले बिहीबार प्रयोगकर्ताका लागि केही प्रतिबन्धित क्रियाकलापहरुको सूची तयार गरेको छ, जसलाई विच्याटले बन्देज लगाएको छ । विच्याटले लागू गरेको नयाँ नियमानुसार अब विच्याट प्रयोगकर्ताहरुले लाइभ स्ट्रिमिङ गर्दा नाक कोट्याउने तथा नितम्बमा थप्पड हान्ने जस्ता क्रियाकलापहरु गर्न पाइने छैन । टेन्सेन्ट होल्डिङ्स कम्पनीको स्वामित्वमा रहेको विच्याट चीनमा निकै लोकप्रिय मेसेजिङ एपको रुपमा रहेको छ र यसका प्रयोगकर्ताको संख्या १ अर्बभन्दा धेरै छ । विच्याटमा ऋजबललभ िनामक निकै लोकप्रिय फिचर छ ।

    images

    उक्त फिचरमार्फत् प्रयोगकर्ताले लाइभ स्ट्रिमिङ गर्न सक्छन् । चीनमा इन्टरनेटमाथि सरकारको कडा नियमन रहेको छ । सरकारले राजनीतिक तथा सामाजिक रुपमा संवेदनशील सामग्रीहरु इन्टरनेटमा बन्देज लगाउनका लागि कडा कदम चाल्ने गरेको छ । विच्याटको सेक्युरिटी सेन्टरले आफ्नो प्लेटफर्ममा गरेको एक पोष्टमा ७० भन्दा धेरै नियम विपरितका कार्यहरुको सूची प्रस्तुत गरेको छ । लाइभ स्ट्रिमिङ सेवाको दैनिक अनुगमनका क्रममा त्यस्ता क्रियाकलापहरु फेला परेको भन्दै विच्याटले प्रयोगकर्तालाई यस्ता विषयमा ध्यान दिएर कारबाही भोग्नबाट बच्नका लागि अनुरोध गरेको छ ।

    नाक कोट्याउने तथा नितम्बमा थप्पड हान्ने मात्र नभई टाउकोमा अण्डरवेयर राख्ने, छाती तथा नितम्बलगायतका संवेदनशील अंगको क्षेत्रमा क्यामरा फोकस गर्ने जस्ता क्रियाकलापलाई पनि विच्याटले प्रतिबन्धित गरिएका अश्लील क्रियाकलापको सूचीमा राखेको छ । जानीजानी टाटु प्रदर्शन गर्ने, ओछ्यानको तन्ना तथा बेडसिट प्रदर्शन गर्ने, महिलाले बिकिनी वा अन्डरवेयर मात्र लगाएर लाइभमा आउने, बाथ टावेल मात्र जिउमा बेरेर लाइभ गर्नेलगायतका क्रियाकलापलाई पनि विच्याटले बन्देज लगाएको छ ।

    त्यसका साथै राजनीतिक रुपमा संवेदनशील विषयमा छलफल गर्ने, जुवा तथा सट्टेबाजीलाई प्रवद्र्धन गर्ने र बार, नाइट क्लब अनि खुट्टा मसाज गर्ने पार्लर जस्ता बालबालिकाहरुका लागि अनुपयुक्त ठाउँहरुबाट लाइभ गर्ने कार्यहरु पनि विच्याटको प्रतिबन्धित क्रियाकलापको सूचिमा परेका छन् । विच्याटका अनुसार नियम उल्लंघन गरेर लाइभ स्ट्रिमिङ उल्लेखित क्रियाकलापहरु गरेमा लाइभ स्ट्रिमिङ गर्ने च्यानल तथा स्ट्रिमिङकर्ता दुवैलाई सजाय हुनेछ ।

  • सम्बन्धित विषय:

  • # विच्याट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology