Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पहिरो

३-४ दिन पानी पर्ने, १० जिल्लामा बाढी पहिरोको सम्भावना

३-४ दिन पानी पर्ने, १० जिल्लामा बाढी पहिरोको सम्भावना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १२, २०७७ सोमवार • ०८:३१:०४ बजे
  • 1.3K
    SHARES
  • ३-४ दिन पानी पर्ने, १० जिल्लामा बाढी पहिरोको सम्भावना
    देशभर मनसुनी वायुको प्रभाव कायमै छ । यसकासाथै नेपालको दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको छ ।


    अहिले प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूमा निरन्तर बर्षा भइरहेको छ। अझै केहि घण्टा बर्षा जारी रहने सम्भावना रहेको छ भने आजबाट ३/४ दिन नेपालमा मनसुन सक्रिय रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    आज विहान ४ बजे तिनाउ नदी बुटवलको बाढी मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेकाले कञ्चनखोला, तिनाउखोलाको तटीय क्षेत्र र आसपासका साना खोलामा बाढी आउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    त्यस्तै आजै विहान ४ बजे मापन गरिएको तथ्यांक अनुसार पछिल्लो ३ घण्टामा चितवन, धादिङ, तनहूँ, स्याङजा, कास्की, पाल्पा, गुल्मी नवलपरासी, कपिलबस्तु‍, रूपन्देही र आसपासका क्षेत्रमा भारी बर्षा भएकाले ती जिल्लाका साना खोलाहरुमा आकस्मिक बहाव हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरो जान सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।



    प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहितको भारी वर्षा हुने सम्भावना रहेको छ ।

    आज राती देशका अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

  • सम्बन्धित विषय:

  • # पहिरो
  • # वर्षा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology