Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कन्ट्याक्ट् ट्रेसिङको आधारमा पाँच स्वास्थकर्मी सहित १८ जनामा कोरोना संक्रमण

कन्ट्याक्ट् ट्रेसिङको आधारमा पाँच स्वास्थकर्मी सहित १८ जनामा कोरोना संक्रमण

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १२, २०७७ सोमवार • ०९:१९:३९ बजे
  • 2.1K
    SHARES
  • कन्ट्याक्ट् ट्रेसिङको आधारमा पाँच स्वास्थकर्मी सहित १८ जनामा कोरोना संक्रमण
    सरकारले लकडाउन पूर्ण रुपमा खोलेपछि पर्सामा पाँच जना स्वास्थकर्मीसहित थप १८ जनामा कोरोना संक्रमण देखिएका छन ।

    बीरगञ्जको नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।कन्ट्याक्ट् ट्रेसिङको आधारमा गत साउन ७ , ८ र ९ गते उनीहरुको स्वाब संकलन गरि गरिएको परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

    संक्रमित १८ जना मध्ये वीरगञ्ज महानगरपालिका १३ जना रहेका छन् भने बाँकी ६ जना पर्सागढी नगर पालिकाका रहेका छन ।

    पर्सागढी नगरपालिकाका संक्रमित मध्ये ५ जना नगरपालिकाको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी रहेको नारायणी अस्पतालले जानकारी दिएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology